वीरगन्ज । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेको लकडाउन दोश्रो चरणमा प्रवेश गरेलगत्तै पर्सा जिल्लाको सुरक्षा व्यवस्था अझ कडा बनाइएको छ ।
लकडाउनलाई थप प्रभावकारी बनाउन पर्सामा चेकजाँच कडाई गर्नुका साथै लकडाउन उल्लंघन गर्ने सवारी साधन पनि धमाधम नियन्त्रणमा लिने काम भएको प्रहरीले जनाएको छ ।
वीरगन्जको घण्टाघर चौक, आर्दशनगर, माईस्थान, अलखिया लगायतको चोकबाट लकडाउन उल्लंघन गर्ने मोटरसाइकल, जीप, कार, ट्रक, बस लगायत ६ सय ८४ वटा सवारीसाधनलाई पक्राउ गरी कारवाही गरिसकेको छ ।
यसअघि अतिआवश्यक वस्तु खरिद विक्रीको लागि खुकुलो बनाईएको थियो । तर समान खरीदको नाममा सवारीसाधन दुरुपयोग हुन थालेपछि कारवाही तिव्र बनाईएको स्थानिय प्रशासनले जनाएको छ ।
अहिले लकडाउनको उल्लंघन गर्ने मोटरसाइकल अब जरिवाना नकाटने लकडाउन अवधिसम्म पक्राउ परेका सवारीसाधनलाई नियन्त्रणमा राख्ने छौं प्रहरीले जनाएको छ ।
एक अर्काबाट नै कोरोनाको संक्रमण फैल्न सक्ने भएकोले लकडाउनलाई थप प्रभावकारी बनाउन रणनीति नै बनाएर अगाडी बढेको उनले बताए । एक अर्का गाउँपालिका, नगरपालिका वा महानगरपालिकामा अतिआवश्यक बाहेक पूर्ण रुपमा आवत जावतमा समेत रोक लगाइएको छ ।