वीरगन्जको नारायणी अस्पतालमा प्रदेश सरकारबाट थप ४० थान पीपीई सेट पठाउने आश्वासन पनि आफूहरूले पाएको सांसद यादवले जानकारी दिए ।
वीरगन्जमा कोरोना परीक्षण प्रयोगशाला स्थापनामा ढिलाइ हुँदा कोरोना संक्रमणको जोखिम बढेपछि सोमबार जनकपुरमै पुगेर प्रदेश सरकारको ध्यानाकर्षण गराइएको टोलीमा सहभागी वीरगन्जका नगर प्रमुख विजय सरावगीले बताए ।
हाम्रो कुरालाई मुख्यमन्त्रीले निक्कै गम्भीररूपमा लिनुभयो’, सरावगीले भने, ‘मङ्गलबार नै मन्त्रिपरिषदको बैठक बसेर वीरगन्जको हकमा निर्णय गर्ने प्रतिबद्धता जनाउनुभयो ।’
वीरगन्जबाट जनकपुरमा गएको टोलीमा सांसद यादव, नगर प्रमुख सरावगी, नारायणी अस्पतालका निमित्त मेसु डा मदन उपाध्याय, अस्पतालका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति डाक्टर उदयनारायण सिंह सहभागी थिए ।