• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सीमापारि क्‍वारेन्टाइनमा बस्‍नेको गुनासो : ‘प्यास मेटिने गरी पानी पनि खान पाएका छैनौं’

  • वीरगंज संजाल
  • २३ चैत्र २०७६, आईतवार १७:३२
  • ३६७७

    बैतडी | झुलाघाट नाकाको पुल खुल्ने हल्ला सुनेर भारतको अल्मोडाबाट उनी दुई दिन पैदल हिँडेर त्यहाँ पुगे । चैत १८ मा पुगेका बैतडीको पुरचौडी नगरपालिका–८, मल्लादेहीका दीपकसिंह धामीले दुई दिनसम्म झुलाघाट बजार र पुल आसपास खुला आकाशमुनि दिनरात कटाए । तीन दिनअघि मात्रै उनीहरुलाई भारतको पिथौरागढ जिल्ला प्रशासनले सार्वजनिक ठाउँ, वन विभागको कार्यालय र विद्यालयमा क्वारेन्टाइनमा राखेको छ ।

    ‘सुरक्षित राख्छौं भनेर सबैलाई राखेको हो । तर, हामीले तिर्खा मेटिने गरी पानीसम्म खान पाएका छैनौं । ३० जनाभन्दा धेरैलाई एकै ठाउमा राखिएको छ,’ उनले फोनमा भने, ‘चामल र दालमात्र दिएको छ । आफैं पकाएर खानुपर्छ तर पानी, दाउरा केही पनि छैन । नजिक धारा छुन र बारीमा दाउरा लिन जान पनि पाउँदैनौं । रोग लिएर आएका छौ भनेर गाली गर्छन् ।’

    झुलाघाट नाकामा दीपकजस्तै झन्डै साढे तीन सय नेपाली अलपत्र छन् । जसमा महिला र बालबालिकासमेत छन् । बीच बाटोमा पनि धेरै नेपाली बसिरहेको दीपक बताउँछन् । लकडाउनपछि यस क्षेत्रका धेरै जना कैलाली र कञ्चनपुरका सिमानाका भएर नेपाल भित्रिए । भारत गएका कतिपय भने घर पायक पर्ने भन्दै झुलाघाट नाकामा जम्मा भएका थिए । ‘नयाँ वर्षको चाड बिसुसम्म फर्कने भनेर काम गर्न भारत गएको थिएँ,’ दीपकले भने, ‘घरनजिकै पुगेर अलपत्र परियो ।’ उनी दुई महिना अघिमात्रै रोजगारीका लागि अल्मोडा गएका थिए ।

    सीमापारि नै क्वारेन्टाइनमा राखिएका पुर्चौडी नगरपालिका–८ का वीरेन्द्र पाठकले ६ वटा थालमा ३० जनाले पालो कुरेर भात खाने गरेको सुनाए । ‘सरकारमा बसेकाहरुले हामी पनि नेपाली हौं भन्ने किन बिर्सिए ?,’ उनले आक्रोश पोखे, ‘हामी भोट हालेर आएका थियौं । तर, अहिले यो अवस्था आएको छ । आजसम्म नेपालका कसैले पनि खोजखबर गरेको छैन । सांसद, मन्त्रीलाई फोन गरे पनि सबै उठाउँदैनन् । उठाएकाले माथि कुरा भइरहेको छ मात्र भन्छन् ।’

    भात पकाउन एउटा मात्र भाँडो दिइएको र आलोपालो गरी पकाएर खाने गरेको उनले दुखेसो पोखे । पेट भर्न नभई ज्यान जोगाउनलाई मात्र दाल, चामल दिएको भारतीयहरुले भन्दै आएको उनले सुनाए । ‘काम गर्ने अफिस बन्द हुँदा खर्च पनि ल्याउन पाइएन,’ दीपकले भने, ‘अहिले आफ्नैले हामीलाई देश छिर्न दिएका छैनन् । यताकाहरुले केही गरेनन् भनेर कति भन्नु ? हाम्रो त यहाँ बिजोग छ । ओड्ने, ओछ्याउने कपडा पनि छैन । उताबाट ल्याएका तन्ना, सिरकका खोलहरु बिछ्याएर भुइँमा रात बिताइरहेका छौं । कसैसँग यति पनि छैन ।’

    कोरोनाभन्दा आफूहरु खान नपाएर र भीडमा बस्दा अरुनै रोग लाग्ने खतरा बढेको उनीहरुले चिन्ता जनाए । ‘हामी कसैलाई पनि नछोएर १४ दिन होइन २६ महिना क्वारेन्टाइमा बस्ने थियौं, नेपाल मात्र जान पाएको भए । यताको अपहेलना र दु:ख सहनुभन्दा भोकै भए पनि आफ्नै घरमा मर्ने रहर छ,’ दीपकले याचना गरे ।

    यहाँ रोकिएकामध्ये अधिकांश नेपाली बझाङ र बैतडीको पुर्चाैडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार, सिगास गाउँपालिकालगायतका रहेका पुर्चाैडीका रामबहादुर धामीले बताए । उनका अनुसार दार्चुलापारि रोकिएका नेपाली महाकाली तरेर गएको खबर सुन्दा झुलाघाटका नेपालीले पनि त्यस्तै योजना बनाएका थिए । तर, धेरैजसो पौडिन नसक्ने हुँदा त्यसो गर्न नसकेको उनको भनाइ छ ।

    बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकन्द्रसिंह नेगीले माथिल्लो निकायबाट आदेश नआएकाले आफूहरुले केही गर्न नसकेको बताए । ‘सरकारले गर् भनेपछि हामी तयार छौं । केही समयअघि पहिले रोकिएकालाई ल्याएका पनि थियौं,’ नेगीले भने । उनका अनुसार २ सय २७ जना सीमापारि रोकिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑