पर्साको रामनगरिमा हत्या गरेर दाहसंस्कार गरिरहेको अवस्थामा तीन जना पक्राउ
वीरगंज संजाल
२३ चैत्र २०७६, आईतवार १४:४२
७३९३
वीरगञ्ज । पर्साको बहुदरमाईमा बुहारीको हत्या गरी शव जलाइरहेको अवस्थामा सासू, ससूरासहित कान्छी बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।
बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासु ५५ वर्षीया फूल कुमारी देवी र कान्छी बुहारी २३ वर्षीया मालती देवी रहेका छन् ।
शनिबार राति बुहारी उर्मिलाको हत्या गरि घाटमा लगेर दाहसंस्कार गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । ‘हामी पुग्दा शवको आधा भाग जलिसकेको थियो, प्रहरी निरीक्षक सिंहले भने, लगतै हामीले शव पनि बरामद गरेका छौं ।’
उनले बरामद गरिएको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाईने बताए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ । मृतक उर्मिलाका श्रीमान् विदेशमा रहेको प्रहरीले जनाएको छ ।