कपिलवस्तु | कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा आइतबार एक बिरामीलाई आइसोलेसनमा राखिएको छ । विजयनगर गाउँपालिकावडा २ का ३० वर्षीय युवामा ज्वरो र खोकी आउने तथा छाती दुख्ने लक्षण देखिए पछि कपिलवस्तु अस्पतालको आइसुलेसन वार्डमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्टडा. किशोर बन्जाडेले बताए ।
बिरामीको स्वाब परीक्षणका लागि आइइतवार नमूना संकलन गरी बुटवल पठाइने अस्पतालले जनाएको छ । कोरोनाको संक्रमणको आशंकामा आइसुलेसन वार्डमा राखी उपचार सुरु गरिएको यो पहिलो केश हो । कपिलवस्तु अस्पतालमा ८ आइसुलेसन वार्डमा ८ वटा वेड तयारी अवस्थामा राखिएको छ ।
जिल्लाका १० वटा स्थानीय तहले विभिन्न स्थानमा क्वारेन्टिनका लागि ९ सय ७२ वटा वेडहरु तयार गरेका छन् । जस मध्ये ६ सय ८८ जनालाई क्वारेन्टिनमा राखिएको छ भने ६०जनाक्वारेन्टिनबाट डिस्चार्ज भई घर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज शैनीले बताए ।
यशोधरामा१ हजार २ सय जनालाई राहत वितरण
लक डाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका अतिविपन्न परिवारलाई राहत स्वरुप यशोधरा गाउँपालिकाले खाद्यान्न वितरण सुरु गरेको छ । दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका वडा नं.१ का १ सय ५० घर धुरीलाई आइतार गाउँपालिकाको वडा नं. १ तितिर्खीमा गाउँपालिका अध्यक्ष गिरिजेश पाण्डेयले राहत वितरण कार्य सुरु गरेका हुन् ।
यसै गरी गाउँपालिकाका ८ वटै वडाका प्रति वडा १सय ५० अतिवि पन्न घर धुरीलाई राहत वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । राहत सामाग्रीअन्र्तगत उनीहरुलाई १० किलो चामल, ५ किलो पिठो, २ किलो दाल, १ लिटर तेल, १ पकेट मसला, २ पिस साबुन, २ किलो नुन वितरण गरिएको छ ।
छुटेका तिविपन्न परिवारलाई पनि राहत वितरणमा सहभागी बनाइने गाउँपालिका प्रमुख पाण्डेयले बताए । राहतवितरणगर्दै गाउंपालिकाप्रमुखपाण्डेयले कोरोना भाईरसको महामारीको संक्रमण रोक्न लक डाउनको अवस्थालाई पूर्ण पालना गर्न गराउनमा गाउँपालिकावासी सबैमा आग्रह गरे ।
भारतसँग सीमा जोडिएको आफ्नो गाउँपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै भारतबाट आएका तर क्वारेन्टाइनमा नबसेका पहिचान गरी उनीहरुलाई २ हप्ता क्वारेन्टाइनमा राख्न सबै वडाअध्यक्ष र वडा सदस्यलाई गाउँपालिका प्रमुख पाण्डेयले निर्देशन पनि गरेका छन् ।
राहत सामग्री वितरण कार्यलाई सहज र पारदर्शी बनाउन गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा पशु विकास अधिकृत अब्दुल सलाम, स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुवे र सदस्यमा सामाजिक विकास शाखाका देवेन्द्र कुमार पाण्डेय र जिन्सी शाखाका बलराम कोहार रहेका छन्।