अमेरिकामा दुई नेपालीको मृत्यु ,कोरोना संक्रमणकै कारण भएको अनुमान
वीरगंज संजाल
२३ चैत्र २०७६, आईतवार ०९:५३
३३२१
अमेरिका । अमेरिकाको न्यूयोर्कमा दुई नेपालीको मृत्यू भएको छ। मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्टको मृत्यु भएको हो ।
अन्दाजी ४० बर्षका सोनाम आफ्नै कोठा भित्रै मृत भेटिएका छन् । ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए। उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ।
झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ। उनका आफन्तहरु अमेरिकामा छैनन्। त्यस्तै झण्डै १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेनको पनि ज्याक्सनहाइटमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो। थप विवरण आउन बाँकी रहेको छ।