इटालीयन प्रधानमन्त्रीका सुरक्षाकर्मीको कोरोनाबाट मृत्यु
वीरगंज संजाल
२३ चैत्र २०७६, आईतवार ०७:५८
२४८५
रोम | इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
इटालीको प्रहरी बलले यस घटनालाई शनिबार सार्वजनिक गरेको हो । प्रहरी अधिकृतको रुपमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका जर्जिओ गेस्टामाचियाको मृत्यु भएको हो । उनलाई यही मार्च २१ म कोरोना संक्रमण भएको पुष्टि भएको थियो । तर दुई सातासम्म प्रधानमन्त्री कोन्टेसँग सम्पर्कमा थिएनन् ।
५५ वर्षीय प्रधानमन्त्री कोन्टेको पनि कोरोना परीक्षण गरिएको थियो । तर नेगेटिभ रिपोर्ट आएको थियो । प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु भएपछि इटालीको प्रहरीले विज्ञप्ति निकाल्दै घटनाप्रति दुख व्यक्त गरेको छ । जर्जिओ ५२ वर्षका थिए । इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा धेरै १५ हजार नाघिसकेको छ ।