• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    स्थानीयमा कोरोना संक्रमण : सम्भावित महामारीको पूर्वसूचना !

  • वीरगंज संजाल
  • २३ चैत्र २०७६, आईतवार ०७:५६
  • ३५०७

    काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरस (कोभिड–१९) को तीन नयाँ संक्रमित भेटिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या नौ पुगेको छ । पहिलो केस माघ ९ मा देखिएको थियो भने चैत १० यता शुक्रबारसम्म थप ५ जनामा संक्रमत भेटिएको थियो ।

    तर, अहिलेसम्म भेटिएका सबै संक्रमित हवाईमार्गबाट विदेशबाट आएका थिए र १२ गतेबाट लागू भएको लकडाउनका कारण संक्रमण फैलिएको थिएन ।

    त्यसैले, नागरिकहरुले लकडाउनकै बीचमा बिस्तारै आफ्नो गतिविधि बढाउन चाहेका थिए भने सरकारले पनि २५ चैतपछि आन्तरिक आवागमन खुला गर्न छलफल सुरु गरेको थियो । तर, शनिबार सुदूरपश्चिममा एकसाथ तीन संक्रमित भेटिएका छन् ।

    जनस्वास्थ्य विज्ञहरु यसलाई खतराको घण्टी मान्छन् र समयमा सतर्कता नअपनाउने हो भने कुनै पनि बेला कोरोनाले महामारीको रुप लिनसक्ने चेतावनी दिने गरेका छन् ।

    यसका तीन कारण छन् :–

    पहिलो : पहिलो पटक स्थानीयमा संक्रमण सरेको पाइयो

    दोस्रो : भारतबाट आएकाहरुमा संक्रमण भेटियो

    तेस्रो : संक्रमित व्यक्तिमा लक्षण देखिएको थिएन

    शनिबार पोजेटिभ रिपोर्ट आएकामध्ये एक हुन्, धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिला । यिनी नेपालका चौथा संक्रमितका आफन्त हुन् । ६ गते कतारबाट भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढीस्थित घर पुगेका पुरुषबाट उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ । किनकी विदेशबाट आएका पुरुष केही दिन घरमै बसेका थिए र ११ गते मात्र अस्पताल भर्ना भएका थिए । अहिले उनकै परिवारका सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि हुनुले विदेशबाट आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसलाई सरकारले कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश भनेको छ ।

    शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विदेशबाट आएका संक्रमित  व्यक्तिबाट स्थानीयमा सरेको पाइएकाले दोस्रो चरणमा प्रवेश गरेको मानिने बताएका हुन् ।

    साथै शनिबार नै संक्रमण देखिएका २१ र ४० वर्षका पुरुष भारतबाट आएकाहरु हुन् । यसअघि हवाई मार्गबाट आएकाहरुमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । र, चरणबद्ध रुपमा अन्तर्राष्ट्रिय उडानमा कटौती गर्दै १० गतेबाट नेपाल आउन रोक लगाएका कारण ठूलो संख्यामा मानिसहरु आउन पाएका थिएनन् । आएकाहरुको पनि एक हदसम्म सूचना संकलन भएको छ ।

    यो पनि पढ्नुहोसगौरीफन्टाबाट भित्रिएको भिडमा थिए कैलालीका कोरोना संक्रमित

    तर शनिबार भारतबाट आएकाहरुमा संक्रमण देखियो, जसको संख्या लाख बढी रहेको अनुमान छ । साथै उनीहरु कहाँ, कुन अवस्थामा छन् भन्ने यकिन तथ्यांक पनि छैन । त्यसैले अब नेपालमा संक्रमण कुन चरणमा छ भनेर बहस गर्नुलाई निरर्थक मान्छन् जनस्वास्थ्यविज्ञ डा. अनुप सुवेदी । ‘यो त हामीले खोज्दै जाँदा भेट्टाएको एक्टिभ केस हो, संक्रमण स्थानीय वा समुदायमा फैलिसकेको हुनसक्छ,’ उनले भने ।

    त्यसो भए गर्ने के त ?

    जनस्वास्वास्थ्य विज्ञहरु भन्छन्, अब २५ गतेसम्म तोकिएको लकडाउन लम्ब्याउनुको विकल्प छैन । किनकी लकडाउन नै मानिसहरुबीच सामाजिक दुरी कायम गर्ने परम्परागत र बलियो उपाय हो । समयमै लकडाउन गरेका कारण हदसम्म कोरोनाको संक्रमण फैलिन पाएन ।

    यो पनि पढ्नुहोसक्वारेन्टाइनमा बस्नुपर्ने ११,७५५ जना कहाँ छन्, सरकारलाई थाहा छैन

    शनिबार बसेको मन्त्रिपरिषद् बैठकले पनि त्यही निष्कर्ष निकाल्दै लकडाउनको कार्यान्वयनमा अझ कडाइ गर्ने निर्णय गरेको छ । साथै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत रोक्ने निर्णय गरेको छ ।

    लकडाउन लम्ब्याउने विषयमा भने अर्को मन्त्रिपरिषद् बैठकमा छलफल हुने सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । तर स्थानीय स्तरमा संक्रमण देखिएकाले लकडाउनले मात्र यो महामारीलाई रोक्न सम्भव छैन । अब ठूलो संख्यामा कोरोना परीक्षण गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

    त्यसका लागि पहिले परीक्षणको दायरा फराकिलो बनाउनुपर्छ । अहिलेसम्म विदेशबाट आएका कुनै व्यक्तिमा लक्षण देखियो भने मात्र परीक्षण गर्ने गरिएको छ । र, उसलाई संक्रमण देखियो भने उसको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने र जसमा संक्रमणको लक्षण (उच्च ज्वरो, सुख्खा खोकी र श्वासप्रश्वासमा समस्या) देखिन्छ, उनीहरुको मात्र परीक्षण गर्ने गरेको थियो ।

    अब यसले नपुग्ने भन्दै डा. सुवेदी भन्छन्, ‘अब विदेशबाट आएकाहरु मात्र होइन, उनीहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरौं र सामान्य लक्ष्मण मात्र देखिएको छ भने पनि परीक्षण गरौं । परीक्षण गर्दा केही विग्रिँदैन ।’

    यसका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सात प्रदेशमा हालै स्थापना भएको ल्याबहरु अपर्याप्त हुनेछ । यसका लागि निजी ल्याबहरुलाई पनि परीक्षण अनुमति दिनुका साथै र्‍यापिड डाइगोनोस्टिक टेष्ट प्रयोग गर्न सकिन्छ ।

    यो पनि पढ्नुहोसमहामारीका लागि शून्य संख्या पनि धेरै हुनसक्छ

    हुन त र्‍यापिड डाइगोनोस्टिक टेष्टको किटलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मान्यता दिएको छैन । तर यसका आधारमा सम्भावित संक्रमित पत्ता लगाउन सकिने भन्दै डा. अनुप भन्छन्, ‘यो टेष्टमा जसको रिपोर्ट पोजेटिभ आउँछ, उनीहरुको फेरि पीसीआर ल्याब वा राष्ट्रिय जनस्वास्थ्य ल्याबमा परीक्षण गर्न सकिनेछ । यसो नगरी ठूलो संख्यामा परीक्षण गर्न सकिन्न ।’

    सरकारले पनि त्यतातिर जाने संकेत देखाएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेष्टमा जाने निर्णय गरेको छ । तर जनस्वास्थ्य विज्ञहरु भने सरकारको यो सही निर्णय भएपनि अपर्याप्त भएको मान्छन् । किनकी भारतबाट आएका ठूलो संख्याका मानिसहरु गाउँगाउँमा पुगेका छन् र उनीहरु मध्ये जो कोहीमा संक्रमण भएको हुनसक्छ ।

    डा. सुवेदी भन्छन्, ‘अहिले यसरी टेष्ट गर्दा २ हजार संक्रमित भेटियो भने २ लाख मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्छ होला । झट्ट सुन्दा यो गाह्रो लागे पनि सम्भव छ । तर भोलि २० लाख मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्यो भने सम्भव हुँदैन ।’

    त्यसमा सहमति जनाउँदै डा. विश्वनाथ कोइराला भन्छन्, ‘यो हामी होसियार हुनुपर्ने समय हो । लकडाउनलाई कडाइपूर्वक लागू गर्दै टेष्टलाई गति दिन सकेनौं भने महामारीलाई टार्न गाह्रो छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑