सरकारले कोरोनाका कारण मृत्यु भएकाहरुको सूचना लुकाएको हुनसक्छः विप्लव
वीरगंज संजाल
२२ चैत्र २०७६, शनिबार १६:२१
२४२९
काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले कोरोनाका आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारले सूचना प्रणाली विश्वसनीय नदेखिएको बताएका हुन्।