• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निजामुद्दिन भेलाका सहभागी पर्साका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण भारतमा पुष्टी

  • वीरगंज संजाल
  • २२ चैत्र २०७६, शनिबार ११:०३
  • ४७४७

    भारतको राजधानी नयाँदिल्ली निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना संक्रमण देखिएको छ । भेलामा सहभागी भएका पर्साका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

    उनी दुई साताअघिमात्र हरियाणाको अम्बाला पुगेका थिए । भेलाका अन्य दशजना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए । उनीहरु दुई साताअघि बंगेलवाली मस्दिमा भएको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेलामा सहभागी थिए । अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्लाका हुन् ।

    दिल्ली, आन्ध्रप्रदेश, तमिलनाडु, तेलांगनामा विगत केही दिनयता पहिचान भएका कोरोनाका विरामीहरु सबैजसो तबलिगी भेलाका सहभागी भएको खुले पछि भारतको गृहमन्त्रालय र मातहतका निकायले सो भेलाका सबै सहभागीको खोजीलाई तिब्रता दिएको थियो ।

    त्यही क्रममा प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो । त्यसपछि उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वरन्टाइनमा पठाएको थियो ।

    कोरोनाको लक्षण देखिएका दुई जना नेपाली र एक श्रीलंकालीलाई भने आइसोलेशनमा राखिएको थियो । र, गत बुधबार उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । परीक्षणको रिपोर्ट बिहिबार साँझ आएको हो । जसमा ६६ वर्षीय नेपाली पुरुषको कोभिड १९ भाइरस देखिएको छ ।

    कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालमा आइसोलेशनमा राखिएको छ । र, उनको स्वास्थ्य अवस्था सामान्य रहेको अम्बाला जिल्लाका प्रमुख स्वास्थ्य अधिकृत डा. कुलदिप सिंहले कान्तिपुरलाई जानकारी दिनुभयो । परीक्षण गरिएका अर्का एक नेपालीको रिपोर्टमा भने कोरोना नदेखिएको डा. कुलदिप सिंहले बताउनुभयो ।

    अम्बाला पुगेका अन्य छ जना नेपालीको भने परीक्षण हुन बाँकी छ । र, उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य छ ।

    दुई साता अघि दिल्लीको निजामुद्दिनको बेंगलवाली मस्जिदमा रहेको मरकज –केन्द) मा मुस्लिम धर्मावलम्बीहरुमध्येको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेला (जमात) आयोजना गरिएको थियो । ५ मार्चदेखि १३ मार्चसम्म चलेको सो भेलामा भारतीय र विदेशगरी चार हजारभन्दा बढीको सहभागीता रहेको बताइएको छ ।

    उनीहरुमध्ये पन्ध्रसय भन्दा बढी २४ मार्चअघि नै हिँडिसके पनि देशव्यापी लकडाउनका कारण हजारभन्दा बढी त्यही रोकिएका थिए । तर, भेलामा सहभागी भएकाहरुमध्ये दिल्लीका २४ जनामा कोरोना देखिएपछि स्थानीय प्रशासनले त्यहाँ रहेका सबैलाई बाहिर निकालेको थियो । जसमध्ये अठार सय जनालाई क्वरन्टाइनमा पठाइएको थियो । साथै भारत सरकारले भेलाका स्वदेशी र विदेशी सबै साहभागीको खोजी शुरु गरेको थियो ।

    भेलामा ठ्याक्कै कति नेपाली सहभागी थिए भन्ने अझै यकिन हुन सकेको छैन । दिल्लीस्थित नेपाली दूतावासले भने भेलामा २० जना नेपाली सहभागी रहेको जनाएको छ । त्यसबाहेक निजामुद्दिनकै मदरसामा अध्ययनरत १३ जना विद्यार्थी भेलामा सहभागी रहेको बताइएको छ । हाल उनीहरु सबैलाई हरियाणाको नरेलामा क्वारान्टाइनमा राखिएको छ । र, उनीहरुमा हालसम्म कोरोनाको लक्षण देखिएको छैन ।

    तर, अम्बालाको पछिल्लो घटनाले नेपालीहरुको संख्या धेरै हुने देखाएको छ । भारतीय सुरक्षा स्रोतले नेपालीहरुको संख्या प्रष्ट हुन अझै केही दिन लाग्ने बताएका छन् ।

    स्रोतका अनुसार उत्तरप्रदेश र राजस्थानमा पहिचान गरिएका भेलाका सहभागीहरुमध्ये केही नेपाली नागरिक रहेका छन् । तर, तिनीहरुको प्रष्ट विवरण भने आउँन बाँकी रहेको छ । र, भेलाका नेपाली सहभागी पनि अरुसँगै भारतका विभिन्न राज्यमा पुगेको हुनसक्ने भारतीय सुरक्षा स्रोतले दावी गरेको छ । र, अम्बालाको पछिल्लो घटनाले पनि त्यसलाई केही हदसम्म पुष्टि गर्छ ।

    विगत केही दिनयता पुष्टि भएका कोरोना केसहरुमध्ये अधिकांशको तार निजामुद्दिन भेला जोडिएकाले नरेन्द्र मोदी सरकारका लागि कोरोना महामारी नियन्त्रण ठूलो टाउको दुखाई बनेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयले हालसम्म पहिचान भएका २६ सयभन्दा बढी कोरोना संक्रमितमध्ये ६४७ को सम्बन्ध त्यो भेलासँग जोडिएको दावी गरेको छ । पछिल्लो चार दिनमा मात्र भारतमा १२ सयभन्दा बढी नयाँ केस देखिएका छन् । त्यसमध्ये एक चौथाईको केसको तार निजामुद्दिन भेलासँग जोडिएको दावी भारतीय अधिकारीहरुले गरेका छन् ।

    त्यसैगरी भारतका अठार राज्यहरुमा पहिचान भएका संक्रमितहरुको सम्पर्क दिल्लीको तबलिगि जमातसँग रहेको दावी समेत मन्त्रालयको छ । भारतमा हालसम्म कोरोनाका संक्रमणबाट ६२ जनाको मृत्यु भएको छ भने १६३ जना उपचारपछि निको भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान
  • बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    News

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑