• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमित : कसको उपचार कहाँ हुँदैछ ?

  • वीरगंज संजाल
  • २१ चैत्र २०७६, शुक्रबार २१:४१
  • ३७५१

    काठमाडौं | नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एकजना भने निको भएर घर फर्किसकेका छन्।

    हालसम्म ४ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ। काठमाडौं, बागलुङ, धादिङ र कैलाली गरी ४ जिल्लामा संक्रमण देखिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका  अनुसार राष्ट्रिय प्रयोगशालामा शुक्रबारसम्म  १२७७  जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ।

    कोरोना आशंकामा देशभर १२० जना आइसोलेसनमा छन्। उपत्यकामा १५ र अन्य सात प्रदेशमा १०५ जनाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, दुईजनाको काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु,  दुईज नाको बागलुङमा र एक जनाको धनगढीमा उपचार भइराखेको छ।

    सरकारले टेकुमा मात्र भइरहेको नमुना परीक्षणको दायर बढाएर सातै प्रदेशमा पुर्‍याएको छ। पोखरा, धरान, हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा परीक्षण सुरु भइसकेको छ। बुटवलमा भने मेसिन जडानको काम भइरहेको छ।

    शुक्रबार मात्रै धरानमा ३९,पोखरामा १९, हेटौडामा ५, जनकपुरमा ५ जना, सुर्खेतमा ७ र धनगढीमा ४ जनाको कोरोना आशंकामा नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

    पहिलो संक्रमित

    नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका युवा नेपालगन्जका हुन्। उनी निको भएर नियमित कामकाजमा फर्किएका छन्। उनी चीनबाट माघ ९ गते काठमाडौं हुँदै नेपालगन्ज गएका थिए। घर पुग्दा ज्वरो आएपछि उनी तत्काल नेपालगन्जबाट पुनः काठमाडौं फर्केर सरुवा रोग अस्पताल टेकु पुगेका थिए। उनले समान्य बिरामीसरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराएक थिए। उनी माघ २३ गते अस्पतालबाट डिस्चार्ज भएका हुन्।

    दोस्रो संक्रमित
    फ्रान्सबाट कतार हुँदै काठमाडौँ फर्किएकी १९ वर्षीया युवतीमा दोस्रो कोरोना भाइरस (कोभिड-१९) संक्रमित हुन्। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उनमा कोरोना भाइरस रिपोर्ट नेगेटिभ भएको चैत्र १० गते सार्वजनिक गरेको थियो।

    चैत ४ गते काठमाडौँ फर्किएपछि ती किशोरी होम क्वारेन्टिनमा बसिरहेकी थिइन्। उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षणका क्रममा कोभिड १९ पोजिटिभ भेटिएको थियो। हाल उनलाई शुक्रराज सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    तेस्रो संक्रमित

    कोरोना तेस्रो संक्रमित हुन् धादिङ ३२ वर्षीय पुरुष। उनी चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए। काठमाडौंको एक होटलमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।

    त्यहाँ उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। चैत्र १२ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। हाल उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

    चौथो संक्रमित

    चौथो संक्रमित व्यक्ति हुन् धनगढी निवासी ३४ वर्षीय पुरुष। दुवईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनी २० मार्चमा भिस्टारा एअरबाट दिल्लीबाट नेपाल आइपुगेका थिए। दिल्लीमा दुवईबाट इमिरेट्सको उडानबाट आएका उनको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले चैत्र १४ गते कोरोना भएको पुष्टि गरेको थियो। संक्रमित व्यक्ति हाल धनगढीको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ।

    पाँचौं संक्रमित

    पाँचौं कोरोना संक्रमित व्यक्ति हुन् बागलुङ निवासी १९ वर्षीया युवती। उनी बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ बाट १७ मार्च अर्थात् चैत ४ गते नेपाल आएकी थिइन्। ती युवती नेपाल आएकै दिन यति एअरको जहाजबाट पोखरा पुगेकी थिइन् । उनी त्यहाँबाट स्कार्पियो चढेर बाग्लुङस्थित घर पुगेकी थिइन्।

    उनको चैत्र ११ गतेमात्रै स्वाब संकलन भएको थियो । त्यसअघि ७ चैतमा अञ्चल अस्पतालमा गई स्वास्थ्य जाँच गराउँदा सामान्य ज्वरो र खोकी भन्दै चिकित्सकले घर पठाएका थिए ।उनमा १५ चैत शनिबार मात्रै कोरोना पुष्टि भएको हो। उनको बाग्लुङस्थित धौलागिरि अञ्चल अस्पताल उपचार भइरहेको छ।उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएको छ।

    छैटौं संक्रमि

    छैटौं कोरोना भाइरस संक्रमित हुनेमा बागलुङ निवासी ६५ वर्षीया महिला हुन्। उनी चैत ४ गते कतारको दोहाबाट आएकी थिइन्। उनी क्यूआर ६५२ को फ्लाइटबाट दोहाबाट काठमाडौं आएकी हुन्। चैत्र २१ गते उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो।ती महिला पनि बेल्जियमबाट पाँचौ संक्रमित युवतीसँगै कतार एयरको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा नेपाल आएकी थिइन्।उनको बाग्लुङस्थित धौलागिरि अञ्चल अस्पताल उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑