प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखराको मेसिनको नतिजा शंकास्पद लागेपछि पुनः परीक्षणको लागि शुक्रबार विहान केन्द्रीय प्रयोगशाला पठाएको बताएका थिए। ‘हाम्रोमा नयाँ मेसिन छ, जनशक्ति दक्ष भइसकेका छैनन्,’ उनले भने, ‘केही शंकास्पद स्वाब पठाइएको मात्रै हो। कोरोना पुष्टि भइसकेको होइन। पोजिटिभ देखिन पनि सक्छ, नदेखिन पनि सक्छ।’
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज शर्माले प्रयोगशालाले पहिलो जानकारी केन्द्रलाई गराउनुपर्ने भएपनि त्यस्तो रिपोर्ट हालसम्म नआएको पुष्टि गरे।