• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    फिभर क्लिनिक चिकित्सकको रेनकोट नै पीपीई

  • वीरगंज संजाल
  • २१ चैत्र २०७६, शुक्रबार १५:२३
  • ८८३१

    जनकपुरधाम | प्रादेशिक अस्पताल जनकपुरको ‘फिभर क्लिनिक’ का ईन्चार्ज लालबाबु अन्सारी रेनकोट र कालो चस्मा लगाएर ड्युटीमा खटिएको भेटिए । उनले नत मुखमा मास्क लगाएका थिए नत हातमा पञ्‍जा नै । मास्क किन नलगाएको भनि अन्नपूर्णकर्मीले प्रश्न गर्दा अन्सारीले उत्तर दिए, ‘त्यो धूलो छेक्ने जेनरल मास्कले के नै गर्छ र ।’ स्वास्थ्यकर्मीका लागि संक्रमणबाट जोगिने मेडिकेटेड मास्क एन ९५ अस्पताल प्रशासनले उपलब्ध नगराउँदा यत्तिकै काम गरिरहेको उनले बताए । ‘संक्रमण लागेका कोही यदि सम्पर्कमा आए भने हामी जोगिने त चान्सै छैन्,’ अन्सारीले भने, ‘आफ्नो मन मनाउनका लागि यो रेनकोट लगाएरै खटिएको छु ।’

    विदेशबाट आएका र रुघाखोकी लागि कोरोना संक्रमणको आशंकामा अस्पतालमा चेकजाँच गराउन आइपुगेकालाई डाक्टर मनिष पाण्डे सामान्य पञ्जा र अनुहारमा जेनरल मास्क लगाएरै जाँचिरहेका थिए । उनीसँगै फिभर क्लिनिकममा कार्यरत स्वास्थ्यकर्मीले कोही सर्जिकल गाउन त कोही प्लास्टिकको रेनकोटले जीउहात छोपेर खटिएका छन् ।  गत आइतबारदेखि प्रादेशिक अस्पतालमा फिभर क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

    देशभरीमै सबैभन्दा बढी वैदेशिक रोजगारीमा जानेहरुको संख्या भएको प्रदेश २ मा कोरोना सम्भावितको जाँचमा खटिएका स्वास्थ्यकर्मी डर र त्रासका बीच सेवा प्रदान गर्न बाध्य भएका छन् । ‘परिवारबाट जागिर छाड्ननै सधैं दबाव आइरहेको छ,’ एक स्वास्थ्यकर्मीले भने, ‘सबैलाई आफ्नो घर परिवार प्यारो हुन्छ यस्तोमा बिना कुनै सुरक्षा हामी कसरी ज्यान जोगाउने ।’

    एकातर्फ स्वास्थ्यकर्मीहरु जोखिम मोलेर काम गरिरहेका छन् भने अर्को तर्फ समाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखाका प्रमुख नवलकिशोर झा सबैका लागि पिपिई आवश्यक नरहेको बताउँछन् । ‘बिरामी चेकजाँचमा खटिएका सबै स्वास्थ्यकर्मीहरुको लागि पीपीई आवश्यक छैन्,’ झाले भने, ‘यो संक्रमण लागेको बिरामीलाई जाँच्ने चिकित्सक र त्यसको सम्पर्कमा आउने स्वास्थ्यकर्मीका लागि मात्रै आवश्यक छ ।’

    तर, फिभर क्लिनिकमा खटिएका स्वास्थ्यकर्मी सम्भावित संक्रमितको प्रत्यक्ष सम्पर्कमा भएको हुँदा तीनका लागि पीपीई आवश्यक रहेको चिकित्सक बताउँछन् । यता, संघीय सरकारमार्फत सामाजिक विकास मन्त्रालयमा प्रदेश २ को लागि एक हजार थान पीपीई र मास्कलगायतका आवश्यक सुरक्षा सामग्री पठाइएको छ । तर, हालसम्म फिभर क्लिनिकका चिकित्सकलाई ती सामग्री उपलब्ध गराइएको छैन् ।

    यता, प्रादेशिक अस्पताल जनकपुरमा पनि शुक्रबार बिहानदेखि कोरोना भाइरस परीक्षण सुरु भएको छ । संघीय सरकारले कोरोना परीक्षण गर्न जनकपुर पठाएको एउटा पीसीआर मेसिन र उपकरणहरु जडान गरी परीक्षण सुरु गरिएको हो ।

    ‘मेसिन जडान भइसकेको छ र शंकास्पद बिरामीको स्वाब आए लगत्तै परीक्षण सुरु हुन्छ,’ अस्पतालका मेडिक सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताए । पीसीआर मेसिनबाट दैनिक १० वटा परीक्षण गर्न मिल्ने प्राविधिक टोलीका सदस्य सवेन्द्र मधुपले बताएका छन् ।

    यसैक्रममा कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ मा गठित निर्देशक समितिले प्रदेशभर ५० वटा भेन्टिलेटर र दुईवटा पीसीआर मेसिन थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री लालबाबु राउत संयोजक रहेको निर्देशक समितिले सम्बन्धित मन्त्रालय र कार्यकारी समितिलाई यस्तो निर्देशन दिएको हो ।

    जस अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा १० र अन्य अस्पतालमा ५-५ वटा भेन्टिलेटर र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा एउटा पीसीआर मेसिन जडान गर्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑