• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    एम्बुलेन्स चालक भागेपछि जनस्वास्थ्य प्रमुखले आफैं ल्याए कोरोना संक्रमितलाई अस्पताल

  • वीरगंज संजाल
  • २१ चैत्र २०७६, शुक्रबार १२:५१
  • १५४७

    काठमाडौं । बिहीबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालमा छैटौं संक्रमित भेटिएको जानकारी दिँदै गर्दा बागलुङका स्वास्थ्यकर्मीले सुइँको पाइसकेका थिए । मन्त्रालयले घोषणा नगर्दै छैटौं संक्रमित बाग्लुङकी वृद्धा भएको गाइँगुइँ हल्ला चल्न थालिसकेको थियो ।

    पत्रकार सम्मेलन सकिएको आधा घण्टा नबित्दै पुष्टि भयो, ‘छैटौं संक्रमित बागलुङकी ६५ वर्षीया महिला हुन् । उनी चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट आउने नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखियो ।’

    मन्त्रालयले संक्रमितको परिचय खुलाउनु अघि नै बागलुङका स्वास्थ्यकर्मीले सुइँको पाउनुको तीन कारण थिए ।

    पहिलो, ती वृद्धाको १७ गते नमुना संकलन गरिएको थियो र त्यसको रिपोर्ट बिहीबार आउने भनिएको थियो ।

    दोस्रो, नमुना संकलन गरेदेखि होम क्वारेन्टाइनमा बसेकी उनी बागलुङको पहिलो संक्रमितसँगै घुलमिल गरिरहेकी थिइन् ।

    तेस्रो, ती महिला कोरोनाको उच्च जोखिम समूहमा रहेकी र दमको बिरामी पनि थिइन् । नियमित औषधि सेवन गरिरहेकी थिइन् ।

    नभन्दै बाग्लुङको स्वास्थ्यकर्मीहरुले गरेको आकलन मिल्यो । जिल्ला जनस्वास्थ्य कार्यालयमा ती महिलाको रिपोर्ट कार्ड पुगेपछि ती महिला कुन घरकी थिइन् । उनको घरमा को–को थिए र उनको प्रत्यक्ष सम्पर्कमा को–को थिए भन्नेबारे खोज्न थालियो। केही छिनमै ती महिला बसेको घर र उनीहरुको बारेमा पत्ता लाग्यो ।

    लगत्तै धवलागिरि अञ्चल अस्पतालमा कोरोना रोकथाम तथा नियन्त्रणसम्‍बन्धी जिल्ला समन्वय समितिको बैठक बस्यो । बैठकमा घरमै राख्ने या अस्पताल ल्याउने भन्ने विषयमा छलफल भइरहेको थियो । दम रोग लागेकी महिला भएकाले काठमाडौँ या पोखराको विकल्पमा पनि कुरा चलिरहेको थियो ।

    केही क्षणको छलफलपछि ती महिलालाई अञ्चल अस्पतालमै ल्याउने निर्णय गरेर नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स बोलाइयो । अस्पताल अगाडि एम्बुलेन्स रोकिएको थियो । छलफल सकिनै लागेको थियो । त्यही बेला एम्बुलेन्स चालकले कोरोना भएकी महिलालाई अस्पताल ल्याउने सुइँको पाए । छलफलपछि एम्बुलेन्स भएको ठाउँमा पुग्दा ती चालक त्‍यहाँ थिएनन् ।

    धेरै समय चालकको खोजी भयो । फोन डायल गरियो । त्यहाँ नजिकका मानिसलाई पनि सोधखोज गरियो । तर, एम्बुलेन्स चालक छिनमै सम्पर्कविहीन भए ।

    धवलागिरि अञ्चल अस्पतालको अर्को पनि एम्बुलेन्स थियो । तर, त्यसका चालक पनि त्यहाँ थिएनन् । दुइवटै एम्बुलेन्सका चालकहरु बेपत्ता भएपछि  बैठकमा उपस्थित भएका स्थानीय प्रशासन र प्रहरीसँग गुहार मागिएको थियो ।

    तर, उनीहरु सबै पन्छिए । उनीहरुले यस्तो काममा गृहसँग समन्वय गर्नुपर्ने बताउँदै भने, ‘हामीलाई झण्झट हुन्छ, यो काम तपाईंहरुले नै गर्नुस् ।’

    सात बजे अस्पताल ल्याउने भनिएकी ती महिलालाई रातको साढे ९ बज्दा पनि अस्पताल ल्याउने कुनै तरखर थिएन । कतैबाट उपाय फुरेन । छलफल झन् लम्बिने भयो । उता महिला बसेको घरतिर अर्को डर बढिसकेको थियो । छिमेकी तथा आफन्तहरु आत्तिन थालिसकेका थिए ।

    त्यसपछि, छलफलमा रहेका स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौ ती वृद्धालाई अस्पताल ल्याउने काममा अघि सरे । स्वास्थ्य कार्यालयका प्रमुख समेत रहेका उनले आफ्ना सवारी चालक रुद्र पराजुलीलाई एम्बुलेन्स चलाउन आग्रह गरे । आफ्ना चालकलाई डर नहोस् भनेर उनले आफूसँगै हुनेमा पनि विश्वास दिलाए ।

    त्यहाँ भएको साधारण पीपीई गुरौ आफूले पनि लगाए र चालकलाई पनि लगाइदिए । त्यसपछि चालक रुद्रको डर हट्यो । अनि ती महिलालाई लिन एम्बुलेन्स अस्पताल तिर हिँड्यो । उनीहरु दुई जना गएर रातको साढे १० बजेतिर धवलागिरि अञ्चल अस्पतालमा ल्याए । अहिले ती महिलालाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

    बागलुङका जनस्वास्थ्य प्रमुख गुरौ रातिको घटना सम्झदैँ भन्छन्, ‘बिरामी ल्याउने जिम्मा हाम्रो होइन, तर सब जना भागभाग गरेपछि ल्याउनै पर्‍यो।’

    सुरजका अनुसार सबै चालकहरु भागेको देखेपछि उनको चालक पनि जान डराएका थिए । बिरामी ल्याउनैपर्ने बाध्यता भएपछि उनले आफू पनि सँगै जाने भनेर चालकलाई आश्वस्त पारे । जाने कि नजाने दोधारमा रहेका चालक उनी पनि जाने भएपछि तयार भए । गुरौले भने, ‘मैले मेरो चालकको मनोविज्ञान बुझेर नै मसँगै छु केही हुँदैन भनेपछि उनी तयार भएका हुन‍् । त्यही भएर म नजाँदा हुने ठाउँमा पनि गएको हुँ ।’

    उनका अनुसार ती महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । दमको पुरानो बिरामी भएकाले उनले अहिले नियमित औषधि सेवन गरिरहेकी छिन् । सुरजले भने, ‘अरु आफ्नो कर्तव्यबाट भागेपछि मैले आफ्नो कर्तव्य ठानेर ती महिलालाई उद्धार गरेको हुँ, कुनै बहादुरी देखाएको होइन ।’

    १३ जनाको नमुना परीक्षण गरिएको थियो

    गत ४ चैतमा कतार एयरको छ सय ५२ उडानबाट नेपाल भित्रिएका एक सय ५२ यात्रुमध्ये चार जना बागलुङका थिए । त्यसमध्ये दुई जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पोजेटिभ देखिएको छ । तर, अरु दुई जनाको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गुरौकाअनुसार दुई जना संक्रमित बागलुङ बजार आसपासकै हुन् भने रिपोर्ट नेगेटिभ आएका दुई जनामध्ये एक बुर्तिवाङका हुन् । अर्को एकजना भने अहिले पर्वततिर गएका छन् । गुरौले भने, ‘बागलुङमा पहिलो केस भेटिएपछि उनका नजिक भएका १३ जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये थप एक जनाको पोजेटिभ, बाँकी नेगेटिभ सहित १० जनाको रिपोर्ट आइसकेको छ । अझै तीन जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

    गुरौले भने, ‘छैटौ‌ं संक्रमितको सम्पर्कमा आएका उनका परिवार र अरुको समेत खोजी गरी नमुना संकलन गर्ने कार्य अघि बढाउन लागिएको छ ।’

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत
  • वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै
  • पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत
  • बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    बाराको कलैया बजारमा अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई कारवाही

    त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, १० बिगाहा खेतमा बाढी

    बागलुङमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

    निजी विद्यालयको शुल्कको विरोध

    निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं: प्रधानमन्त्री

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    News

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    News

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    News

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    News

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑