दिल्लीको धार्मिक सभा जमातमा सहभागी सप्तरीका ६ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखियो
वीरगंज संजाल
२० चैत्र २०७६, बिहीबार २०:१७
२७०५
सप्तरी । भारतको दिल्ली स्थित सम्पन्न मुस्लिम धर्मावलम्बीको जमातमा सहभागी भएर घर फर्किएका सप्तरीका ६ जनालाई प्रहरीले उनीहरुको घरबाट नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाईएको छ । विभिन्न संचार माध्यमहरुमा समाचार आए पछि उनीहरुलाई सप्तरी प्रहरीले तीव्र रुपमा खोजी गरि रहेका थिए ।
भारतको दिल्ली स्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलिगी जमातमा सहभागी भएर नेपाल फर्किएको खबर पछि बुधबार बिहानैदेखि सुरक्षाकर्मी घर–घर पुगेर उनीहरुको खोजी कार्य तीव्र रुपमा सुरु गरिएको थियो ।
भारतबाट फर्किदा समेत स्वास्थ्य जाँच नगराई घरमै बसिरहेकाहरुको खोजी गर्ने क्रममा उनीहलाई राजविराज नगरपालिकाकै विभिन्न वडाबाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा बस्न लगाईएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जनानकारी दिए । ‘भारतको विभिन्न ठाउँबाट घर फर्किएका ८ जनाको सुची हामीसँग छ’ उनले भने–‘जसमध्ये ६ जनाको खोजी गरी क्वारेन्टाइनमा पठायो हो ।’
बाँकी दुई जनाको पनि खोजी कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी खनालले बताए । भारतको दिल्ली नजामुद्दीस्थित जमातमा सहभागी भएकाहरुमा कोरोनो संक्रमण देखिएसँगै जमातमा सहभागी भएकाहरु उच्च जोखिममा रहेकोले ध्यानमा राखि भारतबाट फर्किएका सम्पूर्ण व्यक्तिहरुमाथि प्रहरीले निगरानी बढाएको छ ।रामनारायण यादव