• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    अस्पतालको गेटबाटै फर्काइन्छ बिरामी

  • वीरगंज संजाल
  • २० चैत्र २०७६, बिहीबार १८:४३
  • २५३५

    जनकपुर | सात दिनअघि ज्वरोले च्यापेपछि महोत्तरीको बर्दिवास–३, गौरीडाँडाका सानोबाबु सुनार उपचारका लागि बर्दिवासकै शुभस्वस्तिक अस्पताल पुगे । अस्पतालको मुल ढोकामा उभिएका सुरक्षा गार्डले डाक्टरझैं उनीसित रोगका सबै लक्ष्ण सोधे ।

    रौतहटको गौर नगरपालिकास्थित नर्सिङ ईन्ष्टिच्यूट । जहाँ कोरोना क्‍वारेन्टाइन बनाइएको छ ।

    सुरक्षागार्डलाई बेलिबिस्तार सुनाएपछि डाक्टरलाई बाहिरै बोलाइयो। सुनारलाई सुरक्षागार्डले सोधेझैं डाक्टरले पनि परैबाट के–के भइरहेको सोधेरै बिना परीक्षण औषधि लेखेर पठाइदिए।

    ‘ज्वरो आएको भनेपछि अस्पतालको गेटबाटै प्रवेश गराउन आनाकानी भयो,’ सुनारले कान्तिपुरसँग भने, ‘डाक्टरले परैबाट हेरेर यो औषधि खानुस् भन्दै घर पठाए। केही परीक्षण नै गरेनन्। त्यति काम त औषधि पसलेले पनि गर्छन्। अनि के काम डाक्टरको।’

    अस्पताल चाहार्दाचाहार्दै बिरामीको मृत्यु

    गत शुक्रबार मध्यान्ह बाराको कलैया उपमहानगरपालिका–२२ निवासी २५ वर्षीय विजय कुशवाहा शुक्रबार थ्रेसरमा मसुरो दाइँ गर्ने क्रममा दुर्घटनामा परे। उनको दुवै खुट्टा र देव्रे हातमा गम्भीर चोट लागेको थियो।

    गाउँकै एक मेडिकल स्टोरमा उपचारका लागि गएका विजयको खुट्टाको घाउमा ३५ वटा टाँका लगाइयो। राति वान्ता भएपछि परिवारजनले उनलाई वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल पुर्‍याए।

    चिकित्सकले उनको घाउको उपचार थाले। आइतबार बिहान विजयमा सुख्खा खोकी र ज्वरो देखियो। त्यसपछि चिकित्सकले कोरोना भाइरस सक्रमणको लक्षण देखिएको भन्दै विजयको उपचार गर्न डराए। उनलाई कोरोनाको लक्षण देखिएको रिर्पोट लेखेर रिफर गरे।

    त्यसपछि उनका परिवारले विजयलाई नारायणी अस्पताल लिएर पुगे। नारायणीका चिकित्सकले गाउँको मेडिकलले सावधानी नअपनाई टाँका लगाएकाले विजयको घाउ र छातिमा संक्रमण देखिएको जनाए।

    वीरगन्जकै वयोधा र गण्डक अस्पतालले पनि उपचार गर्न नमानेपछि आइतबार साँझ विजयका परिवारजनले उनलाई काठमाडौं लैजान हिँडाए। राति उनलाई त्रिवि शिक्षण अस्पताल त पुर्‍याइयो। तर, उनको बाटोमै मृत्यु भइसकेको अस्पतालले घोषणा गर्‍यो।

    प्रदेश २ का निजी अस्पताल र चिकित्सकले कोरोना भाइरस संक्रमणको भयले समान्य बिरामीलाई पनि ढोकाबाटै फर्काउने गरेका यी केही उदाहरण हुन्। जसका कारण सामान्य अवस्थाका बिरामीले पनि ज्यान गुमाउनु पर्ने अवस्था आएको छ।

    बिरामीले उपचार नपाएको गुनासो बढेपछि मुख्यमन्त्री लालबाबु राउतले त्यस्ता अस्पतालको इजाजत रद्द गर्न प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए। त्यसको प्रतिरक्षामा नेपाल चिकित्सक संघले बुधबार विज्ञप्ति निकाल्यो। चिकित्सकले संघले निजी स्वास्थ्य संस्था र चिकित्सकको पक्षमा विज्ञप्ति निकाले पनि यहाँ सामान्य बिरामीहरुले उपचार नपाएको देखिएको छ।

    ठूलो लगानीमा सञ्चालनमा आएका अस्पतालले संकटको बेला पनि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को व्यवस्थापन नगरेका कारण चिकित्सकहरुले समान्य बिरामीको उपचार गर्न मानेका छैनन्। वीरगन्जको नेसनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि ५० शय्याको आइसोलेसन वार्ड बनाएको छ।

    तर, (पीपीई) नहुँदा ज्वरोका बिरामीलाई समेत उपचार नगरी फर्काउने गरिएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले डर र त्रासका कारण सामान्य ज्वरो र खोकीका बिरामीलाई पनि निजी अस्पतालले सरकारीमा पठाउने गरेको जनाए।

    ‘हरेक ज्वरो र खोकीका विरामीमा कोरोना संक्रमणको आशंका गर्न मिल्दैन,’ नारायणीका अर्का एक चिकित्सकले भने, ‘मेडिकल इथिक्सको समेत बेवास्ता गरी बिरामी फर्काइरहेका छन्।’ उपचार अभावमा मृत्यु भएका विजयका बुवा महेशका अनुसार उनी गत वर्षको जेठदेखि गाउँबाहिर गएका थिएनन्।

    नेसनल मेडिकल कलेजले उपचार गर्न नमानेपछि नारायणी ल्याइएका विजयको तापक्रम जाँच गर्दा उनको ज्वरो एक सय डिग्री फरेनहाइटभन्दा पनि कम थियो। आफैं व्यवस्थापनतर्फ नलागि निजी अस्पतालले संकटको बेला पीपीईका लागि सरकारको मुख हेरेर बसेको नारायणीका मेसु डा. उपाध्यायले आरोप लगाए।

    ‘महँगोमा पीपीई ल्याई ज्वरोका बिरामी जाँच्न सकिन्न’

    सामान्य अवस्थामा बिरामी ल्याउने एम्बुलेन्सलाई ‘कमिसन’ दिने गरेका निजी अस्पतालले अहिले कोरोनाको महामारीको समयमा ढोकामै आइपुगेका बिरामीलाई समेत फर्काउने गरेका छन्।

    निजी अस्पतालले पीपीईको अभावका कारण ज्वरोका बिरामी भर्ना नगरेको बताउँदै आएका छन्। ‘कोरोना संक्रमणको पहिलो लक्षण नै ज्वरो र सुक्खा खोकी हो,’ नाम उल्लेख नगर्ने सर्तमा एक निजी अस्पतालका सञ्चालकले भने, ‘पीपीई प्रयोग नगरी ज्वरोका बिरामी उपचार गर्न सकिँदैन। पीपीईको मूल्य महँगो पर्ने भएकाले प्रत्येक ज्वरोका बिरामीलाई पीपीई लगाएर उपचार गर्न पनि सम्भव छैन।’

    बर्दिवासको शुभस्वस्तिक अस्पतालका सञ्चालक दिपक कार्कीले भने आफ्नो अस्पतालले दैनिक ५०/६० जना बिरामीको उपाचार गरिरहेको दाबी गरे। बिरामीको अवस्था हेरेर मात्रै परीक्षण गर्ने र भर्ना गरेर समेत उपचार गरिरहेको उनले बताए।

    कोरोना भाइरस (कोभीड–१९) को आशंकामा धेरै मानिस सामान्य स्वास्थ्य परीक्षण पनि गराउन आउने हुँदा केही पनि नभई जाँच गर्न आउनेलाई मात्रै फर्काइएको उनको भनाइ छ। जलेश्वरको शान्ति कम्युनिटी अस्पताल, बर्दिवासको जनसेवा, सिटी केयर, पिनाकल लगायतका निजी अस्पतालबाट उपचार सेवा नपाएको बिरामीले गुनासो गरेका छन्।

    महोत्तरीमा ६ वटा निजी अस्पताल, दुई पोलिक्लिनिक र दुई वटा सरकारी अस्पताल सञ्चालनमा छन्। अहिले आइसोलेसन बेडहरुको व्यवस्था गरी दैनिक डेढ सय बिरामीको उपचार गरिरहेको जलेश्वर अस्पतालका प्रमुख डा. राजिव झाले बताए।

    अस्पतालमा ताला, सञ्चालक फरार

    सर्लाहीको सहरी तथा ग्रामीण क्षेत्रमा रहेको निजी स्वास्थ्य संस्था कोरोनाको संक्रमण हुने भन्दै बन्द गरिएको छ। कोरोना संक्रमणको माहामारी फैलिनुअघि चालु अवस्थामा रहेका ती स्वास्थ्य संस्थामा अहिले ताला लगाएर सञ्चालक बेपत्ता छन्। सञ्चालनमा रहेका कतिपय स्वास्थ्य संस्थाले ज्वरो तथा रुघाखोकीका बिरामीलाई भर्ना लिन मानेका छैनन्।

    समान्य ज्वरो तथा टाइफाइड लगायतका बिरामी निजी स्वास्थ्य संस्थाले भर्ना लिन नमान्दा बिरामी मारमा परेका छन्। सर्लाहीमा यसअघि निजी स्वास्थ्य संस्थाहरुले बिरामी चाप कम गर्नमा सहयोगी भूमिका खेल्दै आएको थिए। तर, मुलुकमा स्वास्थ्य क्षेत्रमा संकट परेको बेला उनीहरु आना सेवा नै बन्द गरेर फरार छन्। अहिले मौसमी रुघाखोकीको पनि समय रहेकाले बिरामीहरु उपचार नपाउँदा पीडा सहन बाध्य छन्।

    मुलुक ‘लकडाउन’ मा रहेको बेला नजिकको स्वास्थ्य संस्था बन्द हुँदा बिरामी घरमै रोग पालेर बसिरहेको बताइरहेका छन्। कतिपयले भने औषधि पसलमा गएर बिना जाँच नै औषधि खाइरहेका छन्।

    अस्पताल खोल्न प्रशासनको चेतावनी

    संकटको बेला निजी स्वास्थ संस्था जिम्मेवारीबाट भाग्दा बिरामीको उपचार र व्यवस्थापन स्थानीय तह तथा प्रशासनलाई टाउको दुखाई बनेको छ। उनीहरु यसरी बन्द गरिएका तथा सेवा नदिने स्वास्थ्य संस्थालाई कारबाहीको बाटो खोजिरहेका छन्। निजी अस्पतालका सेवा सुचारु गराउन लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीको ध्यानाकर्षण गराएका थिए।

    बिहीबार लालबन्दी नगरपालिकाका प्रमुख खड्काले निजी स्वास्थ्य संस्थाका सञ्चालकलाई बोलाएर खोल्न आग्रह गर्दै नखोले कारबाही भोग्न तयार रहन चेतावनीसमेत दिएका थिए।

    ज्वरो र रुघाखोकीका बिरामीलाई शंकाको भरमा उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने सर्लाही प्रशासनले चेतावनी दिएको छ। प्रशासनको चेतावनीपछि अहिले यहाँका अधिकांश निजी अस्पतालले बिरामी जाँच्न थालेका छन्।

    सञ्चालकको निर्देशनपछि स्वास्थ्यकर्मी निरीह

    रौतहटको चन्द्रपुर–५ स्थित जनता अस्पतालले अहिले पनि ज्वरो, रुघाखोकीका बिरामीहरुलाई चन्द्रपुर र सरकारी अस्पताल पठाउने गरेका छन्। चिकित्सक नभएको भन्दै उनीहरुले बिरामी पठाउने गरेका हुन्। जनता अस्पतालका हेल्थ असिसटेन्ट रमेश मुखियाले जिल्लाबाट ज्वरोका बिरामीहरु नजाँच्न भनेकोले अन्यत्र पठाउने गरेको खुलाए।

    ‘चिकित्सक पनि छैनन्। भएका पनि जनकपुर गए,’ उनले भने, ‘ज्वरोका बिरामीहरु नजाँच्न भनेपछि चन्द्रपुर र सरकारी अस्पतालमा पठाएका हौं।’ हाल उक्त अस्पतालमा दैनिक २/३ जनासम्म ज्वरोका बिरामी आउने गरेका र उनीहरुलाई चन्द्रपुर अस्पताल तथा अन्य सरकारी अस्पतालमा पठाउने गरेको उनको भनाइ छ।

    प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जनता अस्पतालले किन बिरामी जाँच नगरेको भन्ने बुझ्ने बताए। ‘बिरामी फर्काउने गरेको हो भने कारबाही हुन्छ,’ उनले भने, ‘कुनै पनि निजी अस्पतालले बाहानाबाजी गरेर बिरामीलाई उपचारबाट वञ्चित गराउन हुँदैन।’ चन्द्रनिगाहपुर, गरुडा, शिवनगर, कटहरिया, मौलापुर, गौर लगायतका क्षेत्रमा २१ वटा निजी अस्पताल सञ्चालनमा छन्।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत
  • वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै
  • पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत
  • बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    बाराको कलैया बजारमा अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई कारवाही

    त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, १० बिगाहा खेतमा बाढी

    बागलुङमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

    निजी विद्यालयको शुल्कको विरोध

    निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं: प्रधानमन्त्री

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    News

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    News

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    News

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    News

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑