• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    क्याम्पसमा थुनिएका भारतीय भन्छन् : लामखुट्टेले सुत्‍न दिंदैन, खाना पनि आधा पेट मात्रै

  • वीरगंज संजाल
  • २० चैत्र २०७६, बिहीबार १८:२३
  • ३६२५

    वीरगन्ज : लकडाउन उल्लंघन गरी भारत फर्किने क्रममा प्रहरीले नियन्त्रणमा लिइ वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा थुनेर राखेका भारतीयले खान बस्न समस्या भएको गुनासो गरेका छन्। काठमाडौं, चितवन लगायतका जिल्लाबाट घर फर्कने क्रममा वीरगन्ज नाकाबाट मङगलबार राति  प्रहरीले चार सय १४ भारतीयलाई नियन्त्रणमा लिएको थियो।

    तीमध्ये केहीलाई वीरगन्ज छेउछाउमा रहेका आफन्त र नातागोतको जिम्मा लगाएर प्रहरीले पठाएको छ। चितवन, मकवानपुर, बारा र रौतहटबाट आएकालाई पनि प्रहरीले उतै फर्काइदिएको छ।

    पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार ठाकुरराम बहुमुखी क्याम्पसमा बिहीबार १ सय ६८ जना मात्र भारतीय छन्।

    उनीहरूलाई क्याम्पसको १७ वटा कोठामा राखिएको छ। खानाको लागि ग्रिन सिटी सामुदायिक केन्द्र आदर्शनगर र रुङगटा वेलफेयर सोसाइटीले प्रबन्ध गरेको छ।

    प्रहरीले क्याम्पसका कोठामा राखेका भारतीयले भने खान बस्न निक्कै समस्या भएको गुनासो गरेका छन्। एउटै कोठामा १४ जनासम्मलाई कोचेर राखिएको र त्यसमा पनि कोठा फोहोर रहेकाले लामखुट्टेका कारण सुत्न बस्न सकस भइरहेको उनीहरूको भनाइ छ।

    खाना पनि थोरै दिएकाले त्यसले २ दिनदेखि आधा पेट मात्र खाएर छाक टारिरहेको गुनासो उनीहरूको छ। ‘कोठा सफा छैन, भूईंमा म्याट राखेर सुताएका छन्, मच्छडले टोकेर रातभर सुत्न दिएन’, बिहार सेमराघाटका सरताज अहमदले भने, ‘१४ दिनसम्म यहीँ बसियो भने बिरामी नै परिन्छ।’

    बिहार बेतियाको माधवपुर घर भएका मुन्ना दासले भने, ‘बुधबार दिउँसो  २ बजेपछि मात्रै खान दिए , बिहीबार पनि १२ बज्यो तर अहिलेसम्म ठेगान छैन, जेलका कैदीको भन्दा पनि बुरा हाल छ हाम्रो।’

    ‘हामी देहातको मजदुर मान्छे, दिनभरमा ३ टाइम खाना खान्छौँ तर यहाँ सानो एउटा प्याकेटमा भात तरकारी ल्याएर मिल्काइदिन्छन् , यति थोरै खानाले त सानो बच्चाको पनि पेट भरिँदैन’, मोतीहारीका भागनारायण महत्तोले दुखेसो पोखे।

    बिहीबार क्याम्पस परिसरमा भेटिएका भारतीय महावाणिज्यदूतावासका वाणिज्यदूत सुरेशकुमारले प्रहरीले नियन्त्रणमा लिएर क्याम्पसमा राखेका भारतीयले भरपेट खाना खान नपाएको गुनासो सम्बोधन गरिने बताए। उनले भने, ‘लकडाउनसम्म यिनीहरूलाई भारत पठाउन सकिँदैन, खाना वा अन्य कुनै गुनासो छ भने त्यो हामी सम्बोधन गर्छौं।’

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत
  • वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै
  • पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत
  • बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    बाराको कलैया बजारमा अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई कारवाही

    त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, १० बिगाहा खेतमा बाढी

    बागलुङमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

    निजी विद्यालयको शुल्कको विरोध

    निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं: प्रधानमन्त्री

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    News

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    News

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    News

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    News

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑