• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    महन्तले मात्र राममन्दिरमा पूजा अर्चना गरेँ

  • वीरगंज संजाल
  • २० चैत्र २०७६, बिहीबार १८:०९
  • २६९७

    जनकपुरधाम | भगवान रामको जन्मजयन्ती आज जनकपुरधाम स्थित राममन्दिर र जानकी मन्दिरमा श्रद्धालु बिना नै पूजा अर्चना गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी दुबै मन्दिरका मूल ढोका बन्द गरी सर्वसाधारणको प्रवेशलाई निषेध गरी महन्तद्वारा पूजा अर्चना गरिएको हो ।

    रामको प्रेमभूमि र ससुराली, सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा विगतमा रामनवमीका अवसरमा आयोजना हुने गरिएको महोत्सवमा नेपाल र भारतका साधुसन्तको सहभागिता उलेख्य हुने गरेकोमा यसपटक कोरोनाका कारण सुनसान देखिएको छ ।

    त्रेतायुगमा चैत शुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रहरूमा उल्लेख छ र सोही दिनलाई रामनवमी भनिन्छ । भगवान राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१ औं पुरुताका राजा मानिन्छन् । उनी महाराजा दशरथका छोरा थिए । राम शब्द रम् धातुबाट बनेको हो । जसको अर्थ क्रीडा , खेल र आनन्द हो । विद्वानहरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए aपनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ , यसैकारण भगवानको नाम राम परेको हो भनिन्छ ।

    राम परब्रम्हा , परम तप , परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँहरूको नामसमेत राम राखेको पाइन्छ । यस सन्दर्भमा महर्षि वैदिक विश्व विद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजार भन्दा अधिक शहरको नाम पता लागेको छ ।

    धार्मिक ग्र्रन्थहरूमा शिवको रामभक्ति , हनुमान , नारद , अत्रि , अनुसुइया , भरत ,शबरी आदिको रामधक्ति एवं उपासना अद्वितीय रहेको छ । कल्याणस्वरूप , सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक शाब्द हुन् । राम शब्द स्वयम्मा सच्चिदानन्द शन्द पनि हो । यसप्रकारको महत्व राम शब्द भएका कारण जसले रामनवमी व्रत गर्छ , त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भनी शास्त्रमा वर्णन छ । विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषेत्तम हुन् भन्ने उनको रान्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणा स्रोत मानिन्छ ।

    आज पनि सुशासन , सुव्यवस्था आदि लोककल्याण्कार आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणहरूलाइृ एउटै शब्दमा पस्र्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाइृ पूर्ण मानिएको छ । अझ देशधक्ति , पितृभक्ति , मातृभक्ति ,भातृप्रेम , प्रजावत्सलता , सरलता , सहिष्णुता , धार्मिकता , नैतिकता, क्षमाशीलता , वीरताका उदाहरण दिंदा पनि रामलाई नै सम्झिने गरिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑