बिन्दवानी।महामरीको रुपमा फैलिदै गएको (कोभिड१९) करोना भाइर्स एक मान्छेबाट अर्को मान्छेमा सजिलै सर्ने भएकाले एवम् छिमेकी कोरोना भाइरस फैलिरहेको मूलुकहरुमा सन्दर्भमा हाम्रो देशलाई पनि उच्च सम्भावित जोखिममा रहेको हुनाले उक्त महामारीलाई मध्यनजर गरी सरकारले लगाएको लकडाउनको समय अवधी सम्म घर भित्रै बसौं।
(कोभिड१९) करोना भाइर्स महामारीलाई मध्यनजर गरी नागरिक समाज,समाजसेवी, पेशाकर्मी, व्यापारी तथा गुवाहरु सहित सम्पूर्ण गाउँपालिकावासीले सतर्कता अपनाउन अपिल गरिन्छ ।
सबै गाउँपालिकावासीमा अनुरोध ।
१. नियमित रुपमा साबुन पानीले मिरची मिची कम्तीमा पनि २० सेकेन्डसम्म हाथ धुने ।
२. खोक्दा र हांछ्यू गर्दा नाक र मुख छोपेर मात्र गर्ने
३. विरामी स्याहारमा संलग्न हुंदा मास्कको प्रयोग गर्ने
४. ज्वरो आउने, घांटी दुख्ने तथा स्वास फेर्न गाहो हुने जस्ता समस्य देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने
५. फलू जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा बस्ने
६. जंगली तथा घर पालुवा पशुपंक्षी संगको सम्पर्कबाट टाढा बस्ने
७. पशुजन्य मासू तथा अण्डा राम्रोसंग पकाएर मात्र खाने