मनोज ग्यासको सम्पुर्ण डिलर बन्द र बारा , जगदम्बा ग्यासको डिलर खुल्ला
वीरगंज संजाल
२० चैत्र २०७६, बिहीबार ०९:०५
७५३१
बिरगंज । बिश्वमा कोरोना भाईरसको त्रास सङै नेपालमा पनि सुरक्षाको लागि भनेर सरकारले लकडाउनको घोषणा गरे लगतै आम उपभोक्ताका लागि अति आवस्यक ग्यासको कृत्रिम अभाव सृजना गरि आयत नभएको भन्दै उद्योग र डिलरहरुले ग्यास आपूर्तिमा समस्या भएको भन्दै पसल बन्द गर्दै उपभोक्ताहरुलाई केही दिनमा आउने भन्दै आस्वासन दिदै आईरहेको छ तर सरकारले ग्यासको समस्या नरहेको ग्यास सहज आपूर्ति भएको भन्दै आईरहेको दाबी गरे पनि मनोज ग्यास , नेपाल ग्यास , नारायणी ग्यासको सधै अभाव भैइ रहेको छ ।
यसै विषयमा आज उपभोक्ता हित संरक्षण मञ्च बिरगंज नगर अध्यक्ष अजित भुजेल बिरगंज महानगर पालिका भित्र रहेका सम्पुर्ण ग्यास डिलरमा निरीक्षक गर्दा सम्पुर्ण कम्पनीका ग्यासको डिलरको पसल बन्द भएको तर बारा ग्यास र जगदम्बा ग्यासको डिलर खुल्ला भएको र डिलर सङ्ग सम्पर्क गरि यश बारे बुझ्दा ग्यासको अभाव नभएको बारा र जगदम्बा ग्यास जति बेला , जति पनि लिन सक्नु हुने बताए ।
कम्पनीले अहिले आधा सिलिन्डर ग्यास पठाउदै आईरहेको छ , यसै अनुरुप हामी बिक्री गरिरहेका छौ ।जगदम्बा ग्यासको लागि बिरगंज वडा न.४ स्थित बिर्ता बजारमा लिन सक्नु हुने छ ।समय रहेको बिहान ११ बजे देखि ३ बजे सम्ममा ग्यास लिन सक्नु हुने बताए ।त्यसै गरि बारा ग्यासको लागि बिरगंजको श्रीराम हल अगाडि ताराचन्द माबी नीर लिन सक्नु हुने जगदम्बाका बिक्रेता मन्सुर जिले जानकारी गराएका थिए ।मनोज ग्यासले आवस्यकता भन्दा बढी ग्राहक बनाएको र आवश्यक परेको बेला ग्राहकहरु लाई ग्यास पुर्ती गर्न नसक्नु र जहिले पनि मनोज ग्यास मात्र नपाउनु भनेको कालाबजारी गर्ने गरेको आरोप एक ग्राहकले गुनासो गरे ।