दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने लाई वीरगञ्ज जेसिस द्वारा खाद्यान्न सामाग्री वितरण
वीरगंज संजाल
१९ चैत्र २०७६, बुधबार २१:११
४४२५
वीरगञ्ज | वीरगञ्ज जेसिसले सरकारले गरेको लकडाउनबाट प्रभावित भएका परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि सरकारले ११ गते देखी १८ गते र थप गरी २५ गते रती सम्म सरकारले गरेको लकडाउनबाट प्रभावित भएका परिवारलाई खाद्यान्न को समस्त्या भए पछी सम्पुर्न प्रभावित भएका परिवारलाई वीरगञ्ज जेसिस द्वारा खाद्यान्न सामाग्री वितरण गरिएको छ|
वीरगञ्ज महानगरपालिका वडा न । ३, ४, ५, ६, ८, ९, १३ र १६ का दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका गरिव, विपन्न तथा दलित परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हो । सरकारले लकडाउनमा भिडभाड नगर्न निर्देशन दिएपछि सम्बन्धित वडा अध्यक्षको समन्वयमा जिम्मा लगाएर वितरण गरिएको जेसिस वीरगञ्जका कोषाध्यक्ष प्रेम पटेलले जानकारी दिनुभयो ।
हिजो र आज गरी २ सय ५० घर परिवारलाई ३किलो चामल, ५०० ग्रम दाल, १ पोकेत नुन,५०० ग्रम तेल,१ पोकेट विस्कुट,१ पोकेट चाउचाउ, २५० ग्रम सोयाबिन लगायतका खाद्य सामाग्री राहत स्वरुप उपलब्ध गराइएको पटेलले बताउनुभयो । साथै विभिन्न वडाहरुमा निशुल्क रुपमा मास्क तथा सेनेटाइजर समेत वितरण गरिएको जेसिस वीरगञ्जले जनाएको छ ।
साथै
वीरगञ्ज जेसिसले सरकारले गरेको लकडाउनलेगर्दा प्रहरी हरुले पनि अहोरात खति राहेको र सरहनिय भूमिका देखदै प्रहरी हरु लाई पनि नस्ता बित्रन गरिएको छ भनेर बिरगंज पुब्लिक कलेजका सन्चालक मुकेश गुप्ताले बताउनु भएको छ|