• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विषाक्त मदिराले पतिको मृत्यु, पत्नीलाई पिरलो : बालबच्चा कसरी पाल्ने

  • वीरगंज संजाल
  • १९ चैत्र २०७६, बुधबार १४:४६
  • ३८३९

     धनुषा | सिउँदोको सिन्दुर पुछिएको छ । राता चुरा फुटालिए । श्रीमानको मृत्युले उनी विक्षिप्त छिन् । १८ दिन अघिसम्म उनी रंगिचंगी पहिरनमा थिइन् । उनको साथमा थिए, पति । सजिलो गरी जीन्दगी धान्ने भरोसा चुँडिएको छ । त्यसमाथि कोरोनाको त्रासले उनी झन त्रसित छन् ।

    विवाह गरेको ढेड वर्षमै धनुषाको रमदैयाकी १९ वर्षीय अञ्जु महराले पति गुमाएपछि उनको सिउँदो मात्रै पुछिएको छैन, जीवनभरीका शृङ्गार पखालिएको छ । पति वियोगले अञ्जुका आँखा ओभाना छैन । श्रीमान्को पीडामा रहेकी उनलाई लकडाउनले भोकभोकै राखेको छ । कमाएर जीवन चलाउने उनको आम्दानी गर्ने बाटो बन्द भएको छ।

    होलीको रमाइलोमा उनका पति इन्द्रजित महरा गाउँकै भट्टीमा घरेलु मदिरा पिएका थिए । विषाक्त मदिराको मात लागेर ओछ्यानमा सुतेका उनी कहिले नउठने गरी सुते । उपचारार्थ धरान लग्दै गर्दा इन्द्रजितको गत फाल्गुण ३० गते मृत्यु भएको थियो ।

    रथका दुवै पांग्रा जस्तै थिए, इन्द्रजित र अञ्जु महरा । इन्द्रजितको मृत्युपछि अञ्जु एक्‍लिएकी छिन्। आशा, भरोसा र आत्मबल कमजोर भएको छ । मदिरा पिएर मर्ने रमदैयाका इन्द्रजित एक्ला होइनन्, उनीजस्ता उनकै गाउँमा होलीको पूर्वसन्धयादेखि हालसम्म १५ जना र  जनकपुर र अन्य स्थानमामा ६ गरी २१ जनाको ज्यान गएको थियो ।

    क्षिरेश्वरनाथ नगरपालिका -२ का वडा अध्यक्ष श्याम किशोर यादवका अनुसार  रमदैयाका १५ जना मृत्कमध्ये एक महिला बाहेक सबै पुरुष छन् । उनीहरु सबै विवाहित हुन् । सबैका छोराछोरी र श्रीमती मात्रै छन् । लकडाउनले बाहिर निस्किने अवस्था छैन । घरभित्र खाने अन्न छैन ।

    पतिको मृत्युपछि घरव्यवहार, तिर्नुपर्ने ऋणको बोझ तीनै पीडित महिलाको काँधमा परेको छ । त्योसँगै परिवार र समाजबाट हेर्ने कुदृष्टि पनि सँगै छ।पतिको मृत्युपछि बाँकी दिनहरु कति कठिन होलान् भन्नेमा चिन्तित छिन् उनी ।

    अञ्जुको आँगनमा पुग्दा सुनशान छ । पतिलाई सम्झेर उनी घरी रुन्थिन त घरी बेहोस् हुन्थिन । नौं महिने छोरी आरुसी उनकै काखमा थिइन् । अबोध बालिका आमा रोएको देखेर उनी पनि रुन्छिन । आमा रोएको बारे उनलाई के थाहा । आमाको आँसु बगेको अनुहार देखेर उनी पनि रोइदिन्थिन् ।

    अञ्जुको अनुहार सुनिएको छ । घरमा रासनपानी छैन । चार दिनदेखि उनी खाना पानी खाएकी छैनन् । आमाको दुध खान नपाएर शिशु आरुसी रोइरहेकी छिन् । आरुसी आफ्नो बुवाको माया जीवनमा अब कहिले पाउने छैनन् । 

    वैवाहिक जीवनको सुरुवातमै पतिले छाडेर गएपछि अब कसरी बाँकी जीन्दगी बाँच्ने? भन्दै उनी पिरोलिएकी छिन्। विषाक्त रक्सी पिएर पतिको अकालमै ज्यान गएपछि अञ्जुकी छिमेकी फुलो देवी पनि गहिरो पीडामा छिन् ।  उनको श्रीमान् रामविलास मण्डलको विषाक्त मदिरा पिउँदा फाल्गुण २९ गते मृत्यु भएको थियो ।

    फुलोको एक छोरा र चारजना छोरी छन् । घडेरी दृष्टिबन्धक राखेर रामविलासले ७ लाख ऋण लिएर बेठी छोरी मिनाको विवाह गरेका थिए ।  साहुको ऋण तिर्न उनी मलेसिया कमाउन गएका थिए । ‘दश दिनअघि मात्रै छुट्टीमा घर आउनु भएको थियो,’फुलोले भनिन्, ‘गाउँको केटासँग भट्टीमा रक्सी खानुभयो । घर आएर दुई पटक उल्टि गर्नुभयो । आँखा र टाउको दुख्यो भन्नुभयो । हस्पिटल लगेँ, त्यही हामीलाई सधैंका लागि छोडेर जानुभयो ।’

    छोराछोरीको विवाह, पढाइलेखाइ, पालनपोषण कसरी गर्ने ? चिन्ताले उनी शोकमा डुबेकी छिन् । उनी भन्छिन्, ‘घरमा एक गेडा अन्न छैन । कोरोना भाइसरले सबै काम ठप्प छ । कसरी खाने कसरी बच्ने ?’

    रमदैयाको संगीता महराकी पति रामनारायण महरा वैदेशिक रोजगारीमा जाने तरखरमा थिए ।’भिसा आइसकेको थियो । होली मानेर विदेश उड्न लत्ताकपडा मिलाइदिएका थिायौं, ‘संगीता भन्छिन्, ‘आफै जानुभयो, विदेशको जान्छ, कसले कमाएर हामीलाई खुवाउँछ ।’

    दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई प्रदेश २ सरकारले घरमै खानापानी पुर्‍याउने निर्णय लिएको तीन दिन भइसकेको छ ।तर, भोकमरी भएका परिवारलाई राहत पुगेको छैन । कोरोनाको त्रासमा भोकभोकै रहेकी अञ्जु र उनी नौं महिने छोरी आरुसी ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑