• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरामी बोक्न मान्दैनन् एम्बुलेन्स चालक

  • वीरगंज संजाल
  • १९ चैत्र २०७६, बुधबार १२:५०
  • ४४९१

    जनकपुरधाम | धनुषाको दुहवीमा आइतबार राति एक युवकले आत्महत्या गरे। पासो लगाएर ज्यान गुमाएका ती युवकको परिवारले प्रहरीलाई जानकारी गराए। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउनुपर्ने भयो।

    तर, शव अस्पतालसम्म लग्न परिवारले न त कुनै शववाहन फेला पारे न त एम्बुलेन्स नै। अन्तमा शवलाई ट्रयाक्टरमा राखेर परिवार पनि त्यसमै बसी अस्पताल आए। शवको पोष्टमार्टम भयो। गत शुक्रबार जिल्लाको मूलाबारीकी ४५ वर्षीया मरनीदेवी सदा उच्च ज्वरो आएपछि छोरा कारीसँग प्रादेशिक अस्पताल आइन्। तर, अस्पतालमा उनलाई भर्ना नलिइ क्वारेन्टाइनमा राख्न चिकित्सकहरुले सल्लाह दिए। नगराइन नगरपालिका गंगुलीस्थित क्षेत्रीय क्वारेन्टाइनसम्म आमालाई पुर्याइदिन कारीले रेडक्रससहित विभिन्न संघसंस्थाका एम्बुलेन्स चालकलाई गुहारे तर, कसैले पनि लग्न मानेनन्। निकैबेर अस्पतालको प्रांगणमा भुइँमै छट्पटिएकी मरनीलाई अन्तमा प्रहरीको सहयोगमा गंगुली पुर्याइयो।

    कोभिड—१९ को संक्रमणले अहिले एम्बुलेन्स चालकहरुलाई पनि भयभित बनाएको छ। चालकले हतपत बिरामी बोक्न नमानेपछि विभिन्न रोगका बिरामीलाई अस्पतालसम्म पुग्न निकै अप्ठ्यारो भएको छ। जिल्लाका संघसंस्था र रेडक्रस गरी ९० वटा एम्बुलेन्स सञ्चालनमा छन्। जनकपुरमा मात्रै उपलब्ध हुने एम्बुलेन्सको संख्या पनि ३० भन्दा बढी छ तर, अहिलेको जोखिममा एम्बुलेन्स अस्पताल छेऊछेऊ भेटिन छाडेका छन्। अन्य बेला प्रादेशिक अस्पतालको छेऊमा रहेको बाह्र बिघा मैदानमा अनाधिकृत रुपमै एम्बुलेन्स पार्किङ्ग गरी चालक बिरामी खोज्दै हिँड्थे तर, अहिले अधिकांश चालक बिदामा बसेका छन् भने एम्बुलेन्स पनि मनमौजी रुपमा सेवा दिने गरेका छन्।

    ‘चालकलाई पनि ज्यानको डर छ नि’, एम्बुलेन्स सञ्चालक मिथिलाञ्चल विकास केन्द्रका अध्यक्ष महाशंकर ठाकुर भन्छन्, ‘सरकारले चालकको सुरक्षाका लागि सामान्य स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएका छैनन्। यस्तोमा ज्यान जोखिममा राखेर उनीहरु काम गरिरहेका छन्।’ रुघाखोकी र ज्वरोको बिरामी बाहेक अन्य बिरामीलाई एम्बुलेन्स चालकले दिनरात सेवा दिइरहेको ठाकुर बताउँछन्। ‘कोरोनाको लक्षण देखिएको भन्नेबित्तिाकै चालकले एम्बुलेन्समा बसाउनै मान्दैनन् के गर्ने ? ’, ठाकुरले थपे। एम्बुलेन्स चालकका लागि प्रशासनले पीपीई र गुणस्तरीय मास्क तथा पञ्जा उपलब्ध गराओस् भनेर प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरे पनि कुनै सुनवाई नभएको ठाकुर बताउँछन्।

    ‘सबै बिरामीलाई निरन्तर सेवा दिइरहेका छौं’, नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेश सिंह भन्छन्, ‘रेडक्रसबाट जिल्लामा सञ्चालित ४ वटा एम्बुलेन्समा बिरामी र चालकबीच पार्टिसनको व्यवस्था मिलाएर सञ्चालनमा ल्याएका छौं।’ चालकको छेऊको सिटलाई ब्लक गरेर पछाडिको सिटमा एयरटाइट गरी पेसेन्टलाई बस्ने व्यवस्था मिलाएको उनको भनाइ छ। ‘एम्बुलेन्स सञ्चालकहरुले यस विपतिको बेला कहाँ के गरिरहेका छन् भन्नेबारे प्रशासनले सोधखोज गर्नुपर्छ’, उनी भन्छन्। अहिले अस्पतालभन्दा बढी एम्बुलेन्स हाइवेमा देखिएको हुँदा ती एम्बुलेन्सले बिरामी नै बोकेका हुन् वा अन्य क्रियाकलापमा लागेका छन् त्यसको पनि निगरानी हुनुपर्ने सिंह बताउँछन्।

    यता, धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बिरामी नबोक्ने एम्बुलेन्सलाई ठाउँका ठाउँ कारबाही गरिने बताउँछन्। ‘यदि कसैले बिरामी बोक्न आनाकानी गरेको छ भने मलाई सोझै जानकारी गराउनुस्, त्यस्तालाई तुरुन्तै कारबाही हुन्छ’, निरौलाले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑