• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    ज्वरो देखिएपछि ठूला अस्पतालले हेरेनन्, डुलाउँदा-डुलाउँदै मृत्यु

  • वीरगंज संजाल
  • १९ चैत्र २०७६, बुधबार १२:४८
  • २६७५

    विराटनगर | प्रदेश १ कै सुविधासम्पन्न भनेर आफूलाई चिनाउने ठूला निजी अस्पतालको गम्भीर गल्तीका कारण पहाडी जिल्ला धनकुटाबाट उपचारका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ।

    विराटनगरका न्यूरो, विराट नर्सिङ होम समेतका ठूला अस्पतालले बिरामी लिन अस्वीकार गर्दै उपचार गर्न नमानेपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृत्यु भएको हो। उनी वडाअध्यक्ष शिवकुमार लिम्बू तुम्बाकी कान्छी बहिनी हुन्। छोरी लक्ष्मी गुरुङ (राई) का अनुसार बगैंचाको फूलमा पानी लगाउने क्रममा नरदेवी बिहान लगभग ६ :३० बजे ढलेर बेहोस बनेकी थिइन्। ‘स्थानीय क्लिनिकमा उपचारका क्रममा उच्च रक्तचापका कारण आमालाई समस्या भएको पत्ता लाग्यो,’ लक्ष्मीले भनिन्, ‘क्लिनिकले यहाँ सम्भव नहुने भन्दै थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिदियो।’

    त्यसपछि एम्बुलेन्समा राखेर परिवारका सदस्यले लगभग १० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइपुर्‍याए। ‘चेकजाँचका क्रममा ज्वरो १०२ डिग्री देखियो। धरानमा उपचार सुरु गरेपछि चिकित्सकले आईसीयू खाली नभएको र बिरामीलाई तत्काल आईसीयूमा राख्नु पर्ने भन्दै विराटनगरको न्युरो अस्पताल रेफर गरिदिए,’ लक्ष्मीले भनिन्, ‘वीपीले बनाइदिएको सिफारिससहित बिरामी पुर्‍याएपछि लगभग १२ बजेबाट न्युरोमा औषधि किन्न लगाउँदै नर्सहरुले उपचार सुरु गरेर डाक्टरलाई बोलाए। तर पछि डाक्टर आएर भेन्टिलेटर खाली नभएको र धेरै ज्वरो आएको बिरामी उपचार गर्न सकिँदैन भनेर निकालिदिए।’ तर केही दिनयता न्युरोको भेन्टिलेटर खाली नै रहेको पाइएको छ।

    करिब १ बजे बिरामीलाई विराट नर्सिङ होम विराटनगर पुर्‍याइयो। अरु अस्पतालले उपचार गर्न नमानेको बिरामीलाई हामीले किन उपचार गर्ने भन्दै कर्मचारी र चिकित्सकले तुच्छ व्यवहार देखाएको छोरी लक्ष्मीको गुनासो छ। ‘विराटमा सुरुमा बेडमा राखेर औषधि किन्न लगाए। उपचार पनि सुरु गरे,’ लक्ष्मीले भनिन्, ‘अरु अस्पतालको कागजपत्र हेरेपछि हामी पनि उपचार गर्दैनौं भन्दै निकालिदिए।

    त्यसपछि नोबेल शिक्षण अस्पताल पुर्‍याइयो। परिवारका सदस्य र आफन्तले धेरै अनुनयविनय गरेपछि नोबेलले बिरामी लिएर उपचार सुरु गर्‍यो। उपचारकै क्रममा दिउँसो ३ :३० बजेतिर नरदेवीको मृत्यु भयो। उपचारमा संलग्न चिकित्सकले बिरामी ल्याउन ढिला भएकाले बचाउन नसकिएको बताएको लक्ष्मीको भनाइ छ। ‘डेढ घण्टा पहिले ल्याइपुर्‍याएको भए बचाउन सकिने थियो। ढिला भइसकेका कारण उपचार सम्भव भएन,’ नोबेलका चिकित्सकलाई उद्धृत गर्दै उनले भनिन्, ‘बीपीका चिकित्सकको सल्लाहअनुसार अरु अस्पताल सुरुमा नोबेल लैजान सकेनौं।’

    लक्ष्मीले हतार गर्दै विराटनगर पुर्‍याउने भएकाले बीपीमा सिटी स्क्यान र ल्याब परीक्षणका लागि भनेर बुझाएको आठ हजार रुपैयाँ फिर्ता लिनै नभ्याएको पनि बताइन्।

    नरदेवीका दाजु तथा महालक्ष्मी नगरपालिका-५ का वडा अध्यक्ष शिवकुमारले उपचारका लागि बिरामी लिनै नमान्ने अस्पतालको गैरजिम्मेवारीपना र लापरबाहीका कारण बहिनी गुमाउनु परेको गुनासो गरे। उनले बिरामीको उपचार गर्न भनी खोलएिका अस्पतालले  नै गैर जिम्मेवार भई बिरामीलाई मारेको आरोप लगाए।

    महालक्ष्मी नगरका मेयर परशुराम नेपालले बिरामीको आकस्मिक उपचार गराउनु पर्ने अस्पतालले अमानवियता प्रस्तुत गरेको बताए। ‘यो अमानवीय घटना हो, अरु पनि यस्ता थुप्रै घटना हुन सक्छन्।’ नेपालले भने।

    सबै बिरामीलाई कोरोना संक्रमित देख्ने अस्पतालको नजरले समस्या जटिल बनेको उनले बताए। यस्ता अस्पताललाई सरकारले कारबाहीको दायरामा ल्याउनु पर्ने उनको माग छ। आपतमा सर्वसाधारणलाई उपचार दिन नसक्ने अस्पताल बन्द गर्नु पर्ने भन्दै आक्रोस पोखे।

    न्युरो अस्पतालका डाइरेक्टर राजेश भट्टराई कुनै पनि बिरामीको उपचार गर्न अस्वीकार नगरिएको दाबी गर्छन्। ‘भेन्टिलेटर खाली नभएर वा अरु नै केही समस्या भएर बिरामीको उपचार गर्न चिकित्सक असमर्थ भएको हुनु पर्छ,’ उनले भने, ‘यदि कोहीमा कोरोना संक्रमण नै रहेछ भने पनि हामी उपचारमा पछि पर्दैनौं।’

    विराट नर्सिङका प्रशासन प्रमुख पदम विनाडीले भने अस्पतालमा कोरोनाका लागि कुनै सुरक्षात्मक उपाय नभएका कारण कोरोनाको लक्षण मिल्ने बिरामीको उपचार गर्न असमर्थ रहेको स्वीकार गरे।

    नागरिक अगुवा रामबाबु दाहाल कोरोना प्रभावको कारण देखाउँदै सामान्य ज्वरो आउने, रुघाखोकीका सामान्य बिरामीलाई त्यत्तिकै फर्काउँदा नागरिकले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आउनु गम्भीर गल्ती भएको बताए।

    ‘कोही मान्छे कोरोना संक्रमित भए त्यही अनुसारको उपचार गर्नु पर्छ,’ उनले भने, ‘तर सबै खाले बिरामीले उपचार नै नपाउने अवस्था आउनु भनेको दु :खद् हो।’

    कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्का उपचार गराउँदा चिकित्सकले पनि धेरै जोखिम बहन गरिरहनु परेको बताउछन्। पीपीई पनि उपलब्ध नभएको र विश्वभर कोरोना त्रास बढिरहेका कारण कोरोनाको लक्षण मिल्ने बिरामीको उपचारमा चिकित्सक हच्किने गरेको उनको भनाइ छ। यस विषयमा गम्भीर बनेर राज्यले चिकित्सक र सर्वसाधारणको सुरक्षाका लागि उचित उपाय अवलम्बन गर्नु पर्ने डा. खड्काको सुझाव छ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत
  • वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै
  • पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत
  • बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    बाराको कलैया बजारमा अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई कारवाही

    त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, १० बिगाहा खेतमा बाढी

    बागलुङमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

    निजी विद्यालयको शुल्कको विरोध

    निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं: प्रधानमन्त्री

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    News

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    News

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    News

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    News

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑