• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपाल छिर्न नपाएपछि रुँदै भारत

  • वीरगंज संजाल
  • १९ चैत्र २०७६, बुधबार ०७:४६
  • ३४२३

    भैरहवा |  नेपाल प्रवेश गर्ने अनुमति नपाएपछि सुनौली सीमा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका सयौं नेपाली अन्ततः मंगलबार साँझ रुदै भारततर्फ लागेका छन् ।

    उनीहरुलाई भारतीय सुरक्षाकर्मीको ठूलो समूहले दशगजा सिमानामा आएर चार–पाँच वटा बसबाट साँझ ६ बजेतिर भारततर्फ नै फर्काएको थियो। दशगजा सिमानामा सोमबार रातिदेखि धर्नामा बसेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपाल र भारत सरकारबीच अर्को निर्णय नहुञ्जेल व्यवस्थित रुपमा क्वारेन्टाइनमा राखिने प्रतिबद्धता जनाउँदै भारततर्फ फर्काएका थिए।

    दशगजामा रहेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले भारत फर्किन अनेक आग्रह गर्दा त्यहाँ खटिएका नेपाली सुरक्षा अधिकृतहरुले यसबारेमा माथिल्लो स्तरमा छलफल जारी रहेकाले कतै नजान भन्दै सुरुमा सल्लाह दिए पनि अन्तिममा भारत फर्कनका लागि दबाब दिएका थिए।

    भारतीय र नेपाली सुरक्षाकर्मीले उनीहरुलाई भारततर्फ फर्कनका लागि दबाब दिँदा भने त्यस क्षेत्रको अवस्था निकै कारुणिक र विरक्तलाग्दो थियो। ‘बरु हामी यही दशगजामा भोकै बसेर मर्न तयार छौं तर भारततर्फ जाँदैनौं,’ दशगजा सिमानामा बसेका नेपाली सामूहिक रुपमा चिच्याउँदै बिन्तीभाउ गर्दै थिए, ‘हिजो हामीलाई भारतमा बस्न नदिएर नेपाल आउन बाध्य बनाइएको थियो।’

    दुवैतर्फ सुरक्षाकर्मीले दशगजाबाट उठेर भारततर्फ जान बाध्य बनाएपछि कैयौँ नेपाली रोएका थिए। केही भने आक्रोशित हुँदै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै थिए। कतिले आफूलाई नेपाली नागरिक भन्नसमेत लाज लाग्ने वातावरण नेपाल सरकारको तर्फबाट भएक भन्दै आक्रोश व्यक्त गर्दै थिए। केहीले विपत्मा परेका आफ््नै नागरिकलाई नेपाल सरकारले उद्धार गर्नुको सट्टा भारततफर् नै धकेलेर आफ्नो दायित्वबाट पन्छिएको आरोप लगाएका थिए।

    दशगजाबाट उठाएर जबर्जस्ती भारततर्फ बसमा राख्ने बेला उनीहरुले नेपाल सरकारविरुद्ध नाराबाजी गरेका थिए। सबैजना बसमा बसेर भारत फर्किन लाग्दा अर्घाखाँची पणेनीकी शान्ता विक आफन्तको छातीमा टाँसिएर रोइरहेकी थिइन्। ‘बरु म यहीँ मर्छु आज मेरो देश नै पराइ बन्यो,’ उनी बिलौना गर्दै थिइन्।

    सीमा क्षेत्रमा खटिएका केही नेपाली सुरक्षा अधिकृतका अन्सुार सोमबार राति नेपालीलाई भारततर्फ खाना खुवाएपछि नेपालतर्फ जान उत्प्रेरित गर्दै दशगजामा ल्याएर जम्मा हुने बातावरण तयार पारेका थिए। पहिला दशगजा सिमानासम्म आउन नदिएर छेकबार लगाएका भारतीय पुलिसले राति भने छेकबार खोलेर दशगजामा जम्मा पारेपछि तत्कालै छेकबार लगाएर भारततर्फ फर्किन रोक लगाएका थिए। मंगलबार एकाएक उनीहरुले फेरि विभिन्न सुविधा प्रदान गरिने प्रतिबद्धता जनाउदै भारततर्फ नै फर्काए।

    सिमानामा रहेका एक भारतीय सञ्चारकर्मील उत्तरप्रदेश सरकारले लकडाउन गरिएपछि जो जहाँ छ त्यहीँ नै व्यवस्थित रुपमा राख्ने निर्णय गरेपछि भारतीय पक्षले दशगजामा रहेका नेपालीलाई फर्काउनु परेको बताए।

    झण्डै चार सयको संख्यामा रहेका नेपालीलाई ९ किमी पर नौतनवास्थित नौतनवा इन्टर कलेजमा व्यवस्थित रुपमा राखिने भारतीय सुरक्षा अधिकारीले जनाए।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतबाट नेपाल आउन खोजेकालाई भारतीय पक्षबाट र नेपालबाट भारततर्फ जान चाहेकालाई नेपालको तर्फबाट राख्न पर्नु भएकाले नेपालीलाई भारततर्फ लगिएको जनाए। ‘लकडाउन भनेको नै जो जहाँ छ त्यहीँ नै राख्ने भन्ने हो,’ उनले भने, ‘नाका नखोल्ने भन्ने भएपछि हामीले यस खालको निर्णय गरेका हौं। यसबारेमा माथि जानकारी गराउँदा ठीक छ भन्ने जवाफ आएको थियो।’

    यसबारेमा आफू र सीमावर्ती महाराजगन्ज जिल्लाका डीएमबीच सम्पर्क भइरहेको र संक्रमणको अवस्था हेरेर न्यूनतम पनि १४ दिनको क्वारेन्टाइनमा राखिने प्रजिअ पन्थले जनाए।

    दशगजा सिमानाबाट नेपालीलाई भारततर्फ फर्काएसँगै भारत प्रवेश नपाएर दशगजामा रोकिएका करीब डेढ सय भारतीय नागरिकलाई पनि रुपन्देही प्रशासनले नेपाल फर्काएर सिमानादेखि करीब २ किलोमिटर वर रहेको डन्डा नदी नजिकको निमा प्रतिमान अध्ययन प्रतिष्ठानमा राखेको छ।

    भारतमा दुःख पाएर नेपाल आउन बाध्य भएका आफ्ना नागरिकलाई उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राख्नुको सट्टा सिमानामा तीन दिनसम्म रोकेर भारततर्फ नै फर्काउने काम नेपाल सरकारको गल्ती भन्दै स्थानीय स्तरमा नेपाल सरकार, प्रदेश र स्थानीय सरकारको आलोचना भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑