ठोरीका एक युवालाई कोरोना सङ्क्रमणको आशङ्का, स्वास्थ्य परिक्षणकाेलागी विरगंज पठाइयाे :वडा अध्यक्ष किशोर तामाङ
वीरगंज संजाल
१८ चैत्र २०७६, मंगलवार २०:२२
५०७३
ठोरी | ठोरी गापा-२ का एक युवालाई कोरोना सङ्क्रमणको आशङ्का गरिएको छ। उनलाई स्वास्थ्य परिक्षणका लागी गाउँपालिकाको ट्रिपरमा विरगंज पठाएको ठोरी गाउपालिका वडा न २ का वडा अध्यक्ष किशोर तामाङले बताउनु भयो ।
भारतको नयाँ दिल्लीमा रोजगारी गर्दै आइरहेका २१ वर्षीय उनलाई करीब ५ दिनअघिदेखि उच्च ज्वरो आउने,श्वास फेर्न गाह्रो हुने ,टाउकाे दुख्ने ,जिउ दुख्ने समस्या देखिएको उनको परिवारजनलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक कुमार शाहले जानकारी दिए ।उनी गत चैत ६ गते दिल्लीबाट नेपाल आएका थिए ।
उनलाई कोरोना सङक्रमणको आशङ्का गरिएपछि वडास्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठक बसेर बिरामीलाई नारायणी अस्पताल बिरगंज पठाउन लागिएको ठोरी -२ का वडाध्यक्ष तामाङले जनाए ।यसैबीच आज बसेको वडा स्तरीय समन्वय समितिको बैठकले सरस्वती मावि ठोरीमा क्वारेन्टाइन सन्चालन गर्ने,वडाभित्र बाहिरबाट आएकाहरुको लगत राख्ने ,प्रचारप्रसार अभियानलाई तिब्रता दिने लगायतको निर्णय गरेको छ।