OPD सेवा बन्दगरी Emergency सेवा सुरुगर्दा सेवाग्राहीहरु मर्कामा
वीरगंज संजाल
१८ चैत्र २०७६, मंगलवार १७:१७
६७१७
वीरगन्ज ।अनिल साह । बिश्वब्यापी रुपमा फैलिएको कोरोना(कोभिड १९) कारण बिश्व नै आक्रन्त भएर नेपालमा पनि यो भाइरसका बिरामीहरु देखिन थालेका कारण नेपाल सरकारले पनि लकडाउन लगाएको आज ८ (आठौं दिन)
सरकारले लगएको लकडाउनको आडमा खाद्ययान ,ग्यास, फार्मेसी, लगायतका बस्तुमा कालोबजारी भएको विभिन्न संचार तथा समाजिक संजाल बाट बाहिर आए पनि संम्बन्धित निकायले कुनै चासो न देखाएको सर्वसाधारणको गुणासो रहेको छ। त्यसै गरि वीरगन्जमा डाक्टरले प्राभेट OPD सेवा बन्दगरी Emergency सेवा सुरुगरी बढिपैसा असुल गरिरहेको सेवाग्राहीहरुले जानकारी गराएका छन।
विर्ता४मा रहेको सीता हस्पिटलमा O.P.T. टिकेट रु.२६०/- (दुईसय साट्ठि) र नगद रसिद रु.५००/- (पाँच सचय) असुल गरिरहेको एक उपचार गराउन गएकी Gynae patient ले वीरगन्ज संजाललाई जानकारी गराए पछि। हस्पिटलको अधिकारिक व्यक्ति संग टेलीफोनमा कुरा कानी गर्दा Regular patient लाई Emergency सेवाको पैसा न लिएको जानकारी गराउनु भएको थियो तर हस्पिटलपुग्दा सबै सेवाग्राहीहरु संग नगद रसिद र OPT गरि रु.७६० असुलगरिएको थियो। यस्तो बिपत्तिको समयमा डाक्टर पेसाको नाम कालो बजारी र ग्राहक ढगिरहदा सम्बन्धित निकायले ध्यानाकर्षण हुनु पर्ने सर्वसाधारणले अनुरोध गरेका थिए।