• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कच्चा पदार्थ अभावमा औषधि उद्योग बन्द

  • वीरगंज संजाल
  • १८ चैत्र २०७६, मंगलवार ११:३१
  • ४४९७

    वीरगन्ज |लक डाउनका कारण भारत तथा तेश्रो मुलुकबाट कच्चा पर्दा रोकिएपछि वीरगन्ज पथलैया औद्योगिक करिडोरका ३ वटा औषधि उद्योगहरु बन्द भएका छन्। वीरगन्ज महानगरपालिका १ मा रहेको जीडी फर्मास्युटिकल्स, बाराको सिमरामा रहेको एलायन्स फर्मास्युटिकल्स र छातापिपरामा रहेको समर फर्मा बन्द भएका हुन् ।

    सरकारले लकडाउनको समयमा अत्यावश्यकीय वस्तु उत्पादनका लागि उद्योग संचालन बन्द नहुने जनाएको छ ।  तर लकडाउनका कारण भारतबाट कच्चा पदार्थ आउन नसकेको र मौज्दात रहेका कच्चा पदार्थ पनि सकिएका कारण उद्योगको उत्पादन बन्द गरिएको औषधी उद्योगका सन्चालकले बताएका छन् ।

    जीडी फर्मास्युटिकल्सले सोमबारखि चैत ३० गतेसम्मका लागि सूचना टासेर उद्योग बन्द गरेको हो । औषधि उत्पादनका लागि कच्चा पदार्थ नभएको भन्दै उद्योग बन्द गर्ने सूचना उद्योगको गेटमा टाँस गरिएको उद्योगमा कार्यरत मजदुरहरुले जानकारी दिएका छन् ।

    जीडी फर्मास्युटिकल्स उद्योगमा उद्योग व्यावस्थापनले सोमबार टासेको सूचनामा, आवश्यक कच्चा पदार्थ नभएका कारण औषधिको उत्पादन गर्न सम्भव नभएको र कोरोना भाईरस संक्रमणका कारणले भारत तथा तेश्रो मुलुकबाट कच्चा पदार्थ आयात पनि प्रभावित भएकोले उद्योग बन्द गर्नु परेको भनेर उल्लेख छ ।

    उद्योगका संचालक घनश्याम दास चाचानले उद्योगमा कच्चा पदार्थ सकिएको र लकडाउनमा विदेशबाट आयात पनि गर्न नपाएकाले उद्योग बन्द गर्न बाध्य भएको बताए  ।उनले भने, ‘औषधि उत्पादन गर्दा त्यसमा मिसाउनु पर्ने विभिन्न प्रकारका कच्चा पदार्थ मध्ये केही कच्चा पदार्थ दिल्ली, कोलकत्ता, मुम्बईबाट आउछ , तर भारत र नेपाल दुवै देशमा लकडाउनका कारणले ती कच्चा पदार्थ ल्याउन सकिएको छैन, त्यसैले कच्चा पदार्थको अभावमा उद्योग बन्द गर्नु परेको हो ।

    नेपाल औषधि उत्पादक संघका सदस्य प्रेम जाटीयाले लकडाउनको असर औषधी उद्योगहरुमा पनि परेको बताए । जीडी फर्मास्युटिकल्ससंगै सिमराको एलायन्स फर्मास्युटिकल्स र छातापिपराको समर फर्मा पनि बन्द भएको जानकारी उनले दिए ।

    उद्योगसँग भएका कच्चा पदार्थको मौज्दात सकिएका छन्, लकडाउनले विदेशबाट हुने आयात पनि प्रभावित छ, उनले भने, ‘ उद्योगमा कार्यरत मजदुर पनि लकडाउनले उद्योगमा आउन मानिरहेका छैनन् ।’

    निर्यातकर्ताले  कच्चा पदार्थ र प्याकिङ गर्ने सामाग्री पठाउन नसकेकाले उद्योगहरु बन्द भइरहेको भन्दै उनले अहिले चलेका अन्य औषधी उद्योगहरु पनि बढिमा एक साता सम्म चल्ने र त्यसपछि कच्चा पदार्थ सकिएर बन्द हुने अवस्था आउने बताए ।
    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले भने लकडाउनमा उद्योगको कच्चा पदार्थ आयातमा  प्रहरी प्रशासनबाट नाकामा कुनै अवरोध नगरिएको बताए ।

    उद्योगमा देखिएको मजदुर समस्याका विषयमा भने सकेसम्म उद्योग परिसरकै आसपासमा मजदुरलाई राख्ने अथवा तोकिएको समय बिहान ९ बजे भित्र उद्योगमा पुगिसक्ने र साँझ ६ बजे आउने गरी व्यावस्था मिलाउन भनिएको उनले जानकारी दिए । क्रान्ति शाह

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑