• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    घरभित्रै मनाइँदै चैती छठ

  • वीरगंज संजाल
  • १७ चैत्र २०७६, सोमबार २२:५०
  • ४३९९

    जनकपुर | कोरोना भाइरसको त्रासले यो वर्ष चैती छठ पर्व यहाँका श्रद्धालुहरुले घरभित्रै मनाउँदै छन् । चार दिवसीय यो पर्वको आज (सोमबार) तेस्रो दिन सोमबार सन्ध्याकालीन सूर्यको पूजा घर–घरमै गरिँदैछ ।

    सन्ध्याकालीन अर्घ्यका दिन जनकपुरको गंगासागरमा हजारौं व्रती तथा श्रद्धालुको घुइँचो लाग्ने गर्थ्‍यो । यसपालि त्यो घुइँचो देख्न पाइन्न । गंगासागर नजिकका केही परिवार भने सामाजिक दूरीलाई पालना गर्दै सन्ध्याकालमा त्यही पुग्ने बताएका छन् । ‘ नजिकैका केही परिवार गंगासागर घाटमै जाने तयारी गर्दैछन् ’ शिवचोकका वीरेन्द्र साहले भने ।

    गत शनिबार नहायखायसँगै सुरु यो पर्वको दोस्रो दिन आइतबार षडना थियो भन्ने मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गरी चार दिवसीय छठ पर्व सम्पन्न हुनेछ ।

    कार्तिकमा आयोजना हुने शारदीय छठ होस् या चैतमा मनाइने वासन्ती छठ, यस पर्वको तयारी साता अघिदेखि नै सुरु हुने गर्छ । घरघरबाट छठ गीतको निरझरनी प्रवाहित हुने परम्परा छ । छठ पूजामा प्रसादको रुपमा प्रयोग हुने केला, नरिवल, ऊखु, नेवुआ, बेसारलगायत सामयिक फलफूलको पसल चोकचोकमा सञ्‍चालन हुन्छ । बाँसबाट निर्मित ढाकी, कनसुपती, चलनी, नांग्लो तथा माटो मिर्मित कोसिया, दियौरी लगायतका सामग्री बाजार यत्र तत्र देख्न सकिथ्यो । तर, कोरोना भाइरसका कारण यी सामग्रीहरु श्रद्धालुहरुले खरिद गर्न पाएनन् । जनकपुरस्थित पुरानो पेठिया बाजारमा भने छठ पूजाका सामानहरु थोर बहुत् पाइए पनि लकडाउनका कारण त्यहाँ जानै पाएनन् ।

    ‘पर्व त्यौहार श्रद्धाको विषय हो । यस विकट परिस्थितिमा पनि छठ पर्व मनाउनै पर्यो । अब छठ मैयाले नै यस व्याधिको समाधान गर्नु हुन्छ ’ ६० वर्षीया व्रतालु ललिता साहले भनिन् । छठ व्रतको आयोजना पवित्र जलाशयहरुको घाटमा गर्ने परम्परा भए पनि जलाशय नभएका स्थानवासीहरुले समेत व्रत बसेको तथ्य गीतहरुमा वर्णित छ ।

    ‘अंगनामे पोखरी खुनाएव , छठी मैया औतीह आई …’

    यो गीतको भाव हो–आज छठी मैयाको व्रत छ । छठी मैयाको आगमन हुन्छ । उनको स्वागतमा आँगनमै पोखरी खन्ने छौं । आँगनमै भए पनि छठ पर्वको आयोजना गर्नेछौं ।

    आँगनमा पोखरी खन्नु सम्भव नभए पनि श्रद्धालुहरु आफ्ना आँगन वा दलानमा सानो जलाशय (डवरा) खनेर वा घरको छतमा ठूलो भाडोमा पानी भरेर पनि छठ पूजा गर्ने चलन छ । पोखरीको आभाव हुने पूर्व—पश्चिम राजमार्ग छेउ छाउका श्रद्धालुहरु ईनारकै वरिपरि छठ मान्ने गरेको अनेकौ उदाहरण पनि भेटिन्छ ।

    ‘छठ मिथिलाञ्चलको लोक पर्व हो । यस पर्वमा विधि विधानभन्दा पनि पवित्र भावना महत्वपूर्ण हुन्छ । पर्व पोखरीमा मनाए पनि, घरमै पानी राखेर मनाए पनि हुन्छ’ पण्डित बिन्धनाथ झाले भने ।

    जनकपुरकी चेलीबेटीहरु चैती छठ मान्न माइती आउने गरेकी थिइन् । तर यस वर्ष नेपाल र भारत दुबैतिर लकडाउन गरिएको कारण चैती छठी निरस भएको उमेश साहको कथन छ । ‘असाध्य रोगबाट मुक्तिको लागि छठ पर्वको आयोजना गरिन्छ । यस वर्षको छठ पर्व वैश्विक रुपमा महामारीको रुप लिई सकेको कोरोनाबाट मुक्तिको लागि गर्दैछौं ’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑