परवानिपुर कानु समाजद्वारा ५०० सय पैदल यात्री लाई खानाको नि शुल्क ब्यवस्था गरियो
वीरगंज संजाल
१७ चैत्र २०७६, सोमबार २२:२१
४५२७
परवानिपुर| कृष्ण गुप्ता | अहिले बिश्वब्यापि फैलिएको माहामारी कोरोना भाईरस ( COVID-19) को बारेमा यहाहरु सम्पुर्णलाई अबगत नै छ |
चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको महामारी बिश्वभर फैलिरहदा उक्त भाइरसबाट जोगिन देशको लागि परवानिपुरमा मा एक जनचेतनामूलक कार्यक्रमको आयोजना थियोे ।
त्यो कार्यक्रम मा पैदल यात्री लाई खाना को ब्यास्था गरिएको छ सरकारले गरेको लकडाउनबाट बिचलीमा परेका यात्रुहरुको लागी परवानिपुरमा कानु समाजले खानाको ब्यवस्था गरेका छन l
स्थानीय हरूको सहयोग गरिएको थियोे सहयोगी महान भाउ हरू को नाम,गरीब साह ,लालबाबू साह, रामाधार साह, हीरा महतो, अनिल साह, सँतोश साह, पानन लाल कुशवाहा, कादिर आलम लगायतको सहयोग मा उक्त ठाउमा निशुल्क खाना खुवाइएको समाज परिवर्तन नेपाल पर्साको अध्यक्ष अकलेस साहले बताउनु भयो l
त्यस अवसरमा ५ सय पैदल यात्रुलाई खाना खुवाइएको सहयोगदाताहरुले बताएका छन l