• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / Breaking News

    एक हजार भारतीय रक्सौल नाकामा अलपत्र

  • वीरगंज संजाल
  • १७ चैत्र २०७६, सोमबार १९:०४
  • २८७५

    वीरगन्ज |  भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि करिब  एक हजार  भारतीय नागरिक वीरगन्ज–रक्सौल नाकाकामा अलपत्र परेका छन् । कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेपछि काठमाडौं, नारायणघाट, पोखरा, गोर्खा, भक्तपुर लगायत विभिन्न शहरमा कामकाज र व्यापार गर्दै आएका उनीहरु वीरगन्जको रक्सौल नाका हुँदै आफ्नो देश प्रवेश गर्न चाहेका थिए ।

    रक्सौल प्रेवश गर्न खोज्दा रक्सौल कस्टममा ढाँट लगाएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले निषेध गरेको हो ।

    आइतबार राति नै उनीहरु नाकामा रहेको मितेरी पुल पुगेका थिए । भारतीय नागरिक भएको पहिचान पत्र देखाउँदा एसएसबीका जवानले रातिदेखि नै नाकामै राकेको उनीहरुले गुनासो गरेका छन् ।

    सोमबार अपरान्हसम्म प्रवेश नपाएपछि उनीहरुले नाराबाजी गर्दै मुख्य नाकाको पूर्वपट्टि हुँदै जबरजस्ती भारत प्रवेश गर्न खोज्दा एसएसबीका जवानले दुई राउण्ड हवाई फायर गरेका थिए । पोखरामा काम गर्दै आएका भारत मोतीहारीका शिवनाथ राउतले रातिदेखि नै भोकै बसेको गुनासो गरे ।

    भारतीय सुरक्षाकर्मीले माथिबाट आदेश नआएकाले प्रवेश गर्न नदिइएको जनाएका छन् । ‘गए राति १० बजेदेखिनै हामी यहाँ आएका छौँ,’ भारत बेतियाका राजेश कुमारले भने, ‘आफ्नै देश पनि प्रवेश गर्न पाएका छैनौँ ।’ नेपालको प्रशासनले १८ गतेसम्मका लाग पास उपलब्ध गराएको उनले खुलाए । उनका अनुसार त्यही पास लिएर भारतीयहरु वीरगन्जसम्म आएका हुन् ।

    भारतीय अधिकारीले भारततर्फ पनि लकडाउन जारी रहेकै बेला नेपालमा रहेका भारतीयलाई भारत पठाउनु नेपाली प्रशासनको गल्ती रहेको आरोप लगाएका छन् । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत सुरेश कुमारले नेपालमा बस्दै आएका भारतीय नागरिक तत्काल भारत प्रवेश गर्न नमिल्ने जानकारी आएको बताए ।

    ‘उनीहरुको समस्या बुझ्न हामी नाकामा गएका थियौँ,’ कान्तिपुरसँग वाणिज्यदुतले भने, ‘तत्काल भारत प्रवेश गर्न नमिल्ने खबर आयो ।’ उनका अनुसार करिब एक हजारको संख्यामा रहेका भारतीयलाई यहाँको नगरसभा गृहमा बस्ने र खाना व्यवस्था मिलाइएको छ । दूतावासले वीरगन्जमा खाना र बस्ने व्यवस्था मिलाएपनि भारतीय नागरिक आफ्नै देश फर्किने अडानमा बसेका छन् ।

    ‘उनीहरु यहाँ बस्न मानेका छैनन्,’ वाणिज्यदुत सरेश कुमारले भने, ‘हालका लागि मितेरी पुलमै उनीहरुका लागि खाना पठाउँदै छौँ ।’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले नेपालमा बस्दै आएका भारतीय नागरिक सम्बन्धित जिल्लाको पास लिएर वीरगन्जसम्म आएको पाइएको बताउँछन् ।

    ‘भारत सरकारले उनीहरुलाई प्रवेश गर्न दिएको भए खासै समस्या हुँदैन्थ्यो होला,’ उनले भने, ‘कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सम्बन्धित निकायमा समन्वय हुँदै छ ।’

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}
  • हैजा संक्रमितको संख्या १४ पुग्यो
  • मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा
  • सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती

    तपाईँमा पनि हातगोडा बाउँडिने समस्या छ ? कारण यस्तो हुनसक्छ

    न्युजलाइ छोप्न बिरगंज बसपार्कमा छापामारी

    वीरगञ्ज-रक्सौल नाका हुँदै भारत प्रवेश गर्न लागेका एक नाईजेरियाली नागरिक पक्राउ

    मुख्यमन्त्रीले मधेशका युवाहरुको समुचित व्यवस्थापनका लागि मधेश सरकार अग्रसर

    २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा वडाध्यक्षससिहत दुई जना पक्राउ

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती

    न्युजलाइ छोप्न बिरगंज बसपार्कमा छापामारी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    News

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    News

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    News

    सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो

    News

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑