• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एक हजार भारतीय रक्सौल नाकामा अलपत्र

  • वीरगंज संजाल
  • Mar 30, 2020, 7:04 pm
  • ३६४७

    वीरगन्ज |  भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि करिब  एक हजार  भारतीय नागरिक वीरगन्ज–रक्सौल नाकाकामा अलपत्र परेका छन् । कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेपछि काठमाडौं, नारायणघाट, पोखरा, गोर्खा, भक्तपुर लगायत विभिन्न शहरमा कामकाज र व्यापार गर्दै आएका उनीहरु वीरगन्जको रक्सौल नाका हुँदै आफ्नो देश प्रवेश गर्न चाहेका थिए ।

    रक्सौल प्रेवश गर्न खोज्दा रक्सौल कस्टममा ढाँट लगाएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले निषेध गरेको हो ।

    आइतबार राति नै उनीहरु नाकामा रहेको मितेरी पुल पुगेका थिए । भारतीय नागरिक भएको पहिचान पत्र देखाउँदा एसएसबीका जवानले रातिदेखि नै नाकामै राकेको उनीहरुले गुनासो गरेका छन् ।

    सोमबार अपरान्हसम्म प्रवेश नपाएपछि उनीहरुले नाराबाजी गर्दै मुख्य नाकाको पूर्वपट्टि हुँदै जबरजस्ती भारत प्रवेश गर्न खोज्दा एसएसबीका जवानले दुई राउण्ड हवाई फायर गरेका थिए । पोखरामा काम गर्दै आएका भारत मोतीहारीका शिवनाथ राउतले रातिदेखि नै भोकै बसेको गुनासो गरे ।

    भारतीय सुरक्षाकर्मीले माथिबाट आदेश नआएकाले प्रवेश गर्न नदिइएको जनाएका छन् । ‘गए राति १० बजेदेखिनै हामी यहाँ आएका छौँ,’ भारत बेतियाका राजेश कुमारले भने, ‘आफ्नै देश पनि प्रवेश गर्न पाएका छैनौँ ।’ नेपालको प्रशासनले १८ गतेसम्मका लाग पास उपलब्ध गराएको उनले खुलाए । उनका अनुसार त्यही पास लिएर भारतीयहरु वीरगन्जसम्म आएका हुन् ।

    भारतीय अधिकारीले भारततर्फ पनि लकडाउन जारी रहेकै बेला नेपालमा रहेका भारतीयलाई भारत पठाउनु नेपाली प्रशासनको गल्ती रहेको आरोप लगाएका छन् । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत सुरेश कुमारले नेपालमा बस्दै आएका भारतीय नागरिक तत्काल भारत प्रवेश गर्न नमिल्ने जानकारी आएको बताए ।

    ‘उनीहरुको समस्या बुझ्न हामी नाकामा गएका थियौँ,’ कान्तिपुरसँग वाणिज्यदुतले भने, ‘तत्काल भारत प्रवेश गर्न नमिल्ने खबर आयो ।’ उनका अनुसार करिब एक हजारको संख्यामा रहेका भारतीयलाई यहाँको नगरसभा गृहमा बस्ने र खाना व्यवस्था मिलाइएको छ । दूतावासले वीरगन्जमा खाना र बस्ने व्यवस्था मिलाएपनि भारतीय नागरिक आफ्नै देश फर्किने अडानमा बसेका छन् ।

    ‘उनीहरु यहाँ बस्न मानेका छैनन्,’ वाणिज्यदुत सरेश कुमारले भने, ‘हालका लागि मितेरी पुलमै उनीहरुका लागि खाना पठाउँदै छौँ ।’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले नेपालमा बस्दै आएका भारतीय नागरिक सम्बन्धित जिल्लाको पास लिएर वीरगन्जसम्म आएको पाइएको बताउँछन् ।

    ‘भारत सरकारले उनीहरुलाई प्रवेश गर्न दिएको भए खासै समस्या हुँदैन्थ्यो होला,’ उनले भने, ‘कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सम्बन्धित निकायमा समन्वय हुँदै छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान
  • वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन
  • अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
  • तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    तीन दशकपछि फेरि चलायमान बन्दै हेटौँडा कपडा उद्योग

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    News

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    News

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    News

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    News

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑