• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अमेरिकाको नेपाली समुदाय अन्योल र अत्यासमा

  • वीरगंज संजाल
  • १७ चैत्र २०७६, सोमबार १०:०४
  • ३३६९

    काठमाडौं । विश्व महाशक्ति अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा आक्रान्त मुलुकहरुको सूचीमा शीर्षस्थानमा पुगेको छ । देशहरुको हिसाबले अहिले विश्वै सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यद्यपि, मृत्यूदर त्यहाँ कम छ ।

    कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएपछि अमेरिकाको जनजीवन त्रस्त बनेको छ । सरकारले आधिकारिकरुपमा ‘लकडाउन’ घोषणा गरेको छैन । तर, पनि स्वैच्छिकरुपमा धेरै मानिसहरु घरभित्रै बस्न थालेका छन् । अत्यावश्यक वस्तुहरुको सेवा प्रभाव भने रोकिएको छैन ।

    अमेरिकामा नेपालीहरु ठूलो संख्यामा छन् । उनीहरु पनि कोरोना प्रभावबाट बाहिर रहने कुरै भएन । अमेरिकामा कति नेपालीलाई कोरोना संक्रमण भएको छ भन्ने कुनै आधिकारिक तथ्यांक छैन । यद्यपि, कोरोनाले एकजना नेपालीको मृत्यु भएको समाचार आइसकेको छ ।

    कोरोनाको सबैभन्दा बढी प्रभाव रहेको न्यूयोर्कमा पनि ठूलो संख्यामा नेपालीहरु छन् । अनलाइनखबरको सम्पर्कमा आएका केही नेपालीले आफूहरु अन्योल र त्रासको अवस्थाबाट गुज्रिरहेको बताए ।

    यता, अमेरिकास्थित नेपाली राजदूतावासले भने कोरोनाबाट प्रभावित नेपालीहरुको एकिन तथ्यांक नरहेको जनाएको छ ।

    के छ नेपालीको अवस्था ?

    कोरोनाबाट आइतबारसम्म अमेरिकामा करिब १ लाख २५ हजार व्यक्ति संक्रमित बनेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भएको छ । यसमा कति नेपालीहरु परेका छन् भन्ने यकिन छैन ।

    अहिलेसम्म एकजना गैरआवासीय नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान मृत्यु भएका अनिल लिम्बुको शुक्रबार दाहसंस्कार गरिएको थियो । उनको दाहसंस्कारमा परिवारका सदस्य र आफन्त पनि सहभागी हुन सकेनन् । न्युयोर्कमा रहेको ग्रिनउड सिमेट्री नामक निजी कम्पनीलाई दाहसंस्कारको जिम्मा दिइएको थियो । १२ सय अमेरिकी डलर लिएर सो कम्पनीले दाहसंस्कार गरेको हो ।

    दुई दशकदेखि अमेरिकामा बस्दै आएको लिम्बुको परिवार उतैको नागरिक बनिसकेका छन् । उनीहरु पाँचथरका हुन् । लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    परिवारका  अन्य सदस्य पनि भाइरसबाट संक्रमित रहेको चर्चा चले पनि पुष्टि भएको छैन । अमेरिकामा अन्य नेपालीहरु धेरै संख्यामा संक्रमित रहेको आशंका गरिएको छ, तर धेरै सार्वजनिक हुन चाहेका छैनन् । अमेरिकामा व्यक्तिगत गोपनियताको कानून कडा भएकाले पनि धेरै केसहरु बाहिर आउन नसकेको राजदूत अर्जुन कार्की बताउँछन् ।

    ‘मैले न्यूयोर्कको अस्पतालमा भर्ना भएका दुईजना संक्रमितसँग आफैंले फोनमा कुरा गरेँ, त्यसबाहेक अरु बिरामीहरु सार्वजनिक हुन चाहेका छैनन्,’ कार्कीले भने । न्यूयोर्कमा धेरै संख्यामा नेपालीहरु संक्रमित भएको हुन सक्ने उनको आशंका छ । साथै, टेक्सासमा पनि केही नेपालीहरुमा यो भाइरस भेटिएको राजदूत कार्कीले बताए ।

    न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा व्यवसाय गर्ने भिडियोग्राफर शम्भु मोक्तान र अर्का व्यवसायी जीवन बमलाई संक्रमण पुष्टि भइसकेको छ । दुवै अहिले स्थानीय अस्पतालमा उपचाररत छन् ।

    यस्तै भर्जिनिया राज्यको फेरफाक्समा बसोबास गर्दै आएकी ३८ वर्षिया महिला संक्रमण देखिएपछि सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छन् ।

    अमेरिकाको गृहमन्त्रालयमा काम गर्ने गुणराज लुईंटेलले फेसबुकमा स्टाटस लेख्दै न्यूयोर्कमा मात्रै अनुमानित २०० जना नेपाली कोरोनाबाट संक्रमित भएर उपचार गराइरहेको उल्लेख गरेका छन् ।  न्यूयोर्क एउटा अस्पतालमा ११ जना, अर्कोमा १२ जना र अर्कोमा ७ जना भर्ना भएको उनको दाबी छ । तर, यसको कतैबाट पुष्टि भने भएको छैन ।

    रोजगारीको संकट

    कोरानाले अमेरिकाको नेपाली समुदायमा निम्त्याएको अर्को संकट हो रोजगारीको । धेरै उद्योग–प्रतिष्ठान, रेस्टुरेन्ट, मल, स्टोर लगायतका व्यवसाय अहिले बन्द रहेकाले धेरै नेपालीले रोजगारी गुमाएका छन् । अनि कतिपय चाहिँ स्वेच्छाले नै रोजगारी त्यागेर ‘होम क्वारेन्टाइन’मा बसेका छन् ।

    कोलोराडोमा बसिरहेका अपूर्व सापकोटा एउटा स्टोरमा काम गरिरहेका थिए । स्टोर बन्द नभए पनि आफूलाई काममा जान डर लागेर एक हप्तादेखि घरमा बसिरहेको उनले बताए ।

    ‘ग्राहकहरुसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने भएकाले मलाई संक्रमणको डर भयो । तर, मालिकले यस्तो बेला छुट्टि दिन नमानेपछि कामै छोडिदिएँ । अब यो संकट समाप्त भएपछि अर्को काम पाइएला नि,’ उनले भने ।

    आफ्नो क्षेत्रमा धेरै नेपालीहरु काम छोडेर बसिरहेको उनले बताए ।

    ‘कतिचाहिँ जोखिम मोलेर पनि गइरहनु भएको छ, सबैजना त्राशमा हुनुहुन्छ,’ सापकोटाले भने ।

    अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्की सरकारको राहत प्याकेज वितरणको कार्यविधि आउन बाँकी रहेकाले अहिल्यै सबै स्पष्ट नभएको बताउँछन् । अमेरिकामा अध्ययन भिसामा रहेकाहरुलाई भने यो प्याकेजले नसमेट्ने उनको भनाइ छ ।

    शिकागोमा बस्ने तारा नेपाल क्याब चलाउँछन् । कोरोनाको महामारी फैलिएसँगै आफू क्याब थन्क्याएर घरमै बसिरहेको उनले सुनाए ।

    ‘बाहिर दुध किन्न निस्कँदा त डर लाग्छ, कसरी काममा जाने ?’ उनले भने, ‘ज्यानभन्दा पैसा ठूलो कुरा होइन । बाँचियो भने पैसा त पछि पनि कमाइएला भन्ने लागेर अहिले चुपचाप घरमा बसेको छु् ।’

    उनकी पत्नीले दुई महिना अगाडि मात्रै आफ्नै लगानीमा ब्यूटीपार्लर सञ्चालनमा ल्याएकी थिइन् । तर, एक महिनमै बन्द गर्नुपरेको छ । बन्द रहेको अवस्थामा पनि पार्लरको मासिक भाडा तिर्नुपर्ने हुन्छ । अर्कोतर्फ श्रीमान–श्रीमती दुवैजना काममा नजाँदा आर्थिक चुनौति थपिएको नेपालले बताए ।

    सरकारको राहत प्याकेजले छुन्छ ?

    कोरोनाको महामारीसँग लड्न अमेरिकी सरकारले २० खर्ब डलर बराबरको आर्थिक प्याकेज हालै अघि सारेको छ । यो अमेरिकी सरकारको अहिलेसम्मकै ठूलो प्याकेज हो ।

    यो कानून ल्याउनुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘डिफेन्स प्रोडक्सन एक्ट’ लागू गरेका थिए, जसले निजी कम्पनीहरुलाई अत्यावश्यक वस्तु उत्पादनको निम्ति वाध्य पार्ने अधिकार सरकारलाई प्रदान गर्छ ।

    घोषित राहत प्याकेजअनुसार प्रतिवर्ष ७५ हजार अमेरिकी डलरभन्दा कम कमाउनेहरुलाई १२ सय अमेरिकी डलर र प्रति बच्चा ५ सय अमेरिकी डलर दिने व्यवस्था गरिएको छ । तर, यो प्याकेजले आफूहरुलाई समेट्छ वा समेट्दैन भन्नेमा नेपाली समुदायहरु अन्योलमा नै छन् ।

    अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्की सरकारको राहत प्याकेज वितरणको कार्यविधि आउन बाँकी रहेकाले अहिल्यै सबै स्पष्ट नभएको बताउँछन् ।

    ‘अमेरिकामा बैधरुपमा काम गरिरहेका नेपालीहरु यसबाट लाभान्वित हुनुपर्ने हो । तर, के–कसरी भन्ने कुरा चाहिँ कार्यविधिमा आउला,’ उनले अनलाइनखबरसँग भने ।

    अमेरिकामा अध्ययन भिसामा रहेकाहरुलाई भने यो प्याकेजले नसमेट्ने उनको भनाइ छ ।

    अमेरिकामा अनुमानित ५ लाख नेपालीहरु बसोबास गरिरहेका छन् । उनीहरुमध्ये कतिले उतैको नागरिकता लिइसकेका छन् । न्यूयोर्कमा मात्रै लाखौं नेपाली रहेको अनुमान भए पनि एकिन तथ्यांक छैन ।

    अमेरिकामा प्राय नेपालीहरु स्टोर, रेस्टुरेन्ट, मलहरुमा काम गर्छन् । प्राध्यापक, डाक्टर, इन्जिनियरहरु पनि केही संख्यामा छन् ।

    एनआरएनएको पहल

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले कोरोना महामारीको कारण  समस्यामा परेका नेपालीहरुलाई ३०० अमेरिकी डलर बराबरको राहत सामग्री दिने भएको छ । एनआरएनए अमेरिकाको आपतकालीन भिडियो कन्फ्रेन्स बैठकले यसका लागि कोषसमेत खडा गरेको छ ।

    बैठकमा कोरोनाले नेपाली समुदायलाई परेको असर र भविष्यको संकटबारे छलफल भएको थिो । अध्यक्ष सुनील साहका अनुसार वैठकले अत्यन्त जटिल आर्थिक अवस्था भएका अमेरिकावासी गैर आवासीय नेपालीहरुलाई र अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई कोरोनाको विशेष कोष सञ्चालनमा ल्याउने र सो कोषमार्फत महामारीको गाम्भीर्य र आवश्यकता अनुसार बढीमा ३०० अमेरिकी डलरको अति आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरेको हो ।

    साथै बैठकले कोरोना संक्रमणबाट नेपाली समुदायलाई यथासम्भव सहयोग गर्नका लागि साहको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ ।

    यता न्यूयोर्कमा बस्ने नेपालीहरुले ‘कोरोनाविरुद्ध सचेतना एवम् सहयोग समुह, न्यूयोर्क’ को गठन गरेका छन् । नेपालीहरुका विभिन्न संघ–संस्था र अभियन्ताहरु मिलेर यसको गठन गरेका हुन् ।

    सचेतना जगाइरहेका छौं : अर्जुन कार्की, राजदूत

    अमेरिकामा अहिले कोरोना भाइरसको प्रकोप तिव्ररुपमा बढिरहेको छ । यसले अरुजस्तै नेपालीहरु पनि त्रसित अवस्थामा छन् । नेपाली भन्नाले दुई किसिमको बुझ्नुपर्छ । पहिलो, अमेरिकाको नागरिक भइसकेका नेपाली मुलका व्यक्ति र दोस्रो यहाँको नागरिकता नलिएका नेपाली । दोस्रो वर्गका नेपालीहरुप्रति हामी बढी उत्तरदायी छौं ।

    अमेरिकामा गोपनीयताको कानून कडा हुन्छ । १८ वर्ष उमेरका नाघेको व्यक्तिको हकमा उसको मञ्जुरीबिना कुनै पनि कुरा बाहिर ल्याउन मिल्दैन । त्यसैले पनि अमेरिकामा कति नेपालीहरु कोरोनाबाट संक्रमित छन् भन्ने एकिन तथ्यांक छैन । तर, अहिलेसम्म जति केस सार्वजनिक भएका छन्, त्योभन्दा धेरै नेपालीहरुलाई संक्रमण भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । कोरोनाबाट सर्वाधिक प्रभावित न्यूयोर्कमा नेपालीहरुको संख्या ठूलो छ ।

    दूतावासले अहिले मुख्यत नेपाली समुदायमा कोरोनाविरुद्ध सचेतना जगाउने काम नै गरिरहेको छ । अस्ति म आफैंले संयोजक गरेर अमेरिकामा रहेका नेपालीका विभिन्न संस्थाहरुसँग भिडियो कन्फ्रेन्स गरेँ । त्यसमा धेरै कुराहरु आएका छन् । कसरी नेपाली समुदायलाई संरक्षण दिन सकिन्छ भन्ने छलफल भएको छ ।

    अहिलेको अवस्थामा स्वभाविक रुपमा धेरै नेपालीले रोजगारी गुमाएका छन् । कतिले स्वेच्छाले छोडेका पनि छन् । त्योभन्दा ठूलो कुरा अहिले उनीहरु कोरोना भाइरसबाट बच्नु नै महत्वपूर्ण हो । यहाँ केही नेपाली डाक्टर, नर्सहरु पनि छन् । उनीहरुले काम गर्ने अस्पतालमा मास्क, पञ्जा, पीपीई आदि नपाएको गुनासोहरु हामीसम्म आएका छन् । त्यसबाहेक अरु गुनासाहरु खासै आएका छैनन् ।

    अहिले एकदम त्राशको वातावरण छ । हामीले सबैलाई सकेसम्म काममा नजानुस् भनिरहेका छौं । नेपालीहरुले भोग्नुपरेका समस्या विभिन्न तवरले बुझ्ने काम भइरहेको छ । नेपाल सरकारबाट प्राप्त हुने मार्गनिर्देशन अनुसार चल्नेछौं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑