• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    तरकारीसँगै घरघरमा त पुग्दै छैन कोरोना ?

  • वीरगंज संजाल
  • Mar 30, 2020, 9:12 am
  • २५७१

    ललितपुर |शनिबार साँझ ललितपुरको चापागाउँ दोबाटोदेखि खुमलटार जाने बाटोमा विद्यार्थीको नियमित प्रार्थना लाइनझैँ केही मानिसको लाइन थियो। लाइनमा बसेका अनुशासित ढंगले ‘रोल कल’झैँ पालो कुरिरहेका थिए। त्यो कुनै विद्यार्थीको लाइन नभएर तरकारी किन्नेको लाइन थियो।

    सोमबार एक १९ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ घोषणा गरेपछि निश्चित दूरी कायम गरेर आम सर्वसाधारण तरकारी किन्न थालेका हुन्। लकडाउनको बेला अत्यावश्यक बाहेकका पसल खुलेका पनि छैनन्।

    हरेक बिहान र साँझपख निश्चित समयका लागि त्यस्ता तरकारी तथा केही किराना पसल खुल्छन्। ती पसलमा तरकारी र दाल चामल किन्नेको घुइँचो लाग्छ। त्यसरी किन्नेले नगदमा कारोबार गर्ने गरेका छन्।

    ‘तरकारी किन्दा नगद नै दिने गरेको छ’, ताल्छिखेलमा बस्दै आएका सृजल पोखरेलले भने, ‘स्यानिटाइजर त प्रयोग गरेको छु, तर विश्वास चाहिँ छैन।’ नगदमा कारोबार हुँदा जोखिम हुने ठेला गाडामा तरकारी बेच्दै आएकी विमला लामाले बताइन्। ‘बिहान बेलुकीको छाक टार्नलाई जोखिम मोलेरै पनि बेच्नु परेको छ’, उनले भनिन्, ‘तर छान्न चाहिँ दिएको छैन, मिल्ने जति पोको पारेर अलग्गै बेच्ने गरेका छौँ।’

    के नगदबाट भाइरस सर्छ ?
    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस खोक्दा, हाँछ्यू गर्दा वा बोल्दा निस्कने छिटा र थोपाबाट सर्न सक्ने सम्भावना बढी हुन्छ। यसैगरी अहिलेसम्मको प्रामाणिक तथ्यका आधारमा भाइरस विभिन्न वस्तुबाट पनि सर्ने गरेको छ। त्यसैले संक्रमित व्यक्तिले छोएको नगद वा जुनसुकै सामानबाट पनि भाइरस सर्न सक्छ।

    भाइरस कागजमा भन्दा धातुमा धेरै समयसम्म रहने गरेको अध्ययनले देखाएको छ। विज्ञका अनुसार कागजको नोटभन्दा सिक्काबाट भाइरस सर्न सक्ने सम्भावना बढी हुन्छ। त्यसैले चीनमा कारोबार गर्दा नगदलाई किटाणुमुक्त गर्न थालिएको छ।

    बेच्ने र किन्ने दुबैमा डर !
    तरकारी तथा अन्य खाद्यान्न किन्ने र बेच्ने दुबैमा संक्रमण हुने त्रास रहेको छ। नखिपोट विशालाचोकमा खाद्यान्न स्टोर सञ्चालन गरिरहेका नवीन चापागाईँलाई नगदमा कारोबार गर्दा डर लाग्ने बताए। ‘हरेक दिन साँझ बिहान स्टोर खुला हुन्छ’, उनी भन्छन्, ‘नगद पैसा लिदा चाहिँ अलिअलि डर लाग्छ।’

    नखिपोट विशाल चोकमै तरकारी किन्दै गरेकी सीता यादवलाई पनि कोरोना भाइरसको त्रास छ। ‘सुरक्षित रहने उपाय त त्यति थाहा छैन’, उनी भन्छिन्, ‘तर अरूको कुरा सुन्दा बाहिरै निस्कन डर लाग्छ। के गर्ने सकिएपछि किन्न आउनै प¥यो।’

    ग्राहकले तरकारी छान्ने गर्दा मनमा त्रास हुने गरेको तिखिदेवल ललितपुरका तरकारी व्यापारी रोमप्रसाद लामिछानेले बताए। ‘अर्डर मात्र गरेर कुरेदेखि हामी पोको पारेर राखिदिन्थ्यौँ’, उनी भन्छन्, ‘सबै ग्राहकले छानेरै लानुहुन्छ।’

    भीड कसरी नियन्त्रण हुन्छ ?
    तरकारी पसलमा अव्यवस्थित भीड हुन नदिन केही तरकारी पसलले निश्चित दूरी कायम गरी रेखा कोरेका छन्। व्यापारी लामिछानेले पनि निश्चित दूरीबाट मात्र नगद लिने र ग्राहकलाई लाइनमा उभ्याउने गरेका छन्।

    त्यस्तै चापागाउँ दोबाटोको तरकारी पसलमा पनि प्रहरीको निगरानीमा व्यापारीले रेखा कोरेका छन्। साथै पसलमा आउने ग्राहकलाई प्रहरीले निगरानी गरिरहेको हुन्छ।

    भित्री बस्ती र गल्लीमा बढी निगरानी : गृह मन्त्रालय
    भित्री बस्ती तथा गल्लीमा प्रहरीले विशेष निगरानी गरेको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए। उनका अनुसार ठूला बजार बन्द भएकाले भित्री बस्ती र गल्लीहरूमा किराना तथा तरकारी पसलमा हुने भीडलाई कम गर्न त्यस्ता ठाउँमा निगरानी बढाइएको हो।

    ‘विशेषगरी भित्री बस्तीमा बेलुकी प्रहरी केन्द्रित छ’, अधिकारीले भने, ‘तरकारी लगायतको सामान किन्नेको भीड कम गर्न त्यस्ता ठाउँमा प्रहरीलाई केन्द्रित गरिएको हो।’

    अधिकारीले तरकारी किन्दा निश्चित दूरी कायम गर्न उपभोक्तालाई आग्रह समेत गरे। ‘निश्चित दूरी कायम गरेर तरकारी वा अरू जुनसुकै सामान किन्न आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु’, उनले भने, ‘अनि मर्निङ वाक र इभनिङ वाक समेत नगरौँ, भीडभाड नगरौँ।’

    के नगदको कारोबारको विकल्प सम्भव छ ?
    नेपालमा नगद कारोबारको साटो ‘इपेमेन्ट’ मार्फत् सम्पूर्ण कारोबार गर्न सम्भव छ त ? यसै भन्न सकिन्न। चाहे गर्न नसकिने भन्ने छैन। तर प्रविधि प्रयोग गर्न सक्ने क्षमता सबै उपभोक्तामा नहुन सक्छ।

    तैपनि सक्ने जति इपेमेन्ट प्रणाली गर्दा जोखिम भने कम गर्न सकिन्छ। तरकारी किन्न पसल पुगेका सृजल पोखेरलले अनलाइन अर्डर र ई–बैंकिङबाट तिर्ने व्यवस्था भए सहज हुने बताए। ‘ई–सेवा, खल्ती अनि ई–बैंकिङ बाट तिर्न पाए जोखिम कम हुन्थ्यो’, उनी भन्छन्। तर यस्ता सबै सानातिना पसललाई प्रविधिको दायरामा ल्याउन कठिनाइ भने पक्कै हुन्छ।

    चीनबाट के सिक्न सक्छौँ ?
    चीन नेपालभन्दा प्रविधिमा धेरै अगाडि छ। उसले वुहानमा लकडाउन गर्दा अपनाएका सबै प्रविधि नेपालमा नहुन सक्छन्। तर उसले अपनाएका केही सावधानी भने यहाँ लागू गर्न सकिन्छ।

    चीनले तरकारी जस्ता खाद्यवस्तु निश्चित स्थानमा पाउने व्यवस्था गरेको थियो। यसैगरी खाद्यान्न, खाना आदिको होम डेलिभरी पनि गरेको थियो। मेचुआन कम्पनीले घरमै खाना डेलिभरी गरेको थियो। करिब ५ हजार खाना चिकित्सकलाई निशुल्क उपलब्ध गराएको उक्त कम्पनीले ‘क्यूआर कोड’ लक सिस्टम बनाएको थियो। जसको ‘डेलिभरी ब्वाई’ले ढोकामा खाना झुन्ड्याइदिन्थे र चिकित्सकले ‘क्यूआर कोड’ मार्फत ‘अनलक’ गरेर खाना खाने गरेका थिए।

    लक सिस्टम गर्न नसके पनि नेपालले ‘कम्बो प्याक’ विकल्पमा राख्न सक्छ। यसबारे गृह मन्त्रालयको बैठकमा छलफलसमेत भएको बताइएको छ। ‘कम्बो प्याक’मा ५ किलो चामल, तरकारी, बेसार, नुन लगायतका किचनमा चाहिने सामग्री राखिनेछ। त्यसको निश्चित मूल्य निर्धारण गरिनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑