• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोभिड–१९ संक्रमित सबैको मुख्य लक्षण सुक्खा खोकी, चारै जनाको अवस्था ‘सामान्य’

  • वीरगंज संजाल
  • १६ चैत्र २०७६, आईतवार १९:५६
  • ३०७५

    काठमाडौँ | हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका पाँचै जना बिरामीमा मुख्य लक्षण सुक्खाखोकी देखिएको छ । यसपछि कसैलाई ज्वरो र अलिअलि श्वासप्रश्वासमा समस्या देखिएको थियो । हालसम्म उनीहरूलाई निमोनिया देखिएको छैन ।

    चीनको वुहानबाट फर्किएका ३२ वर्षीय विद्यार्थीमा माघ९ गते परीक्षणपछि पहिलोपटक कोरोना संक्रमण भेटिएको थियो। त्यसपछि एक सातायता चार जना संक्रमित फेला परेका हुन्।

    ‘पाँचै जना संक्रमितको मुख्य लक्षण सुक्खा खोकी हो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले भने, ‘त्यसपछि कसैलाई ज्वरोसमेत देखियो भने कसैलाई साँझपख श्वासप्रश्वासमा समस्या देखिएको छ। स्वास्थ्य स्थिति भने सबैको सामान्य छ।’

    पाँचै जना १९ देखि ३४ वर्ष उमेर समूहका युवा हुन्। र, सबै विदेशबाट फर्किएका हुन्। यसअघि बेलायतमा दुई नेपालीको कोभिड–१९ ले मृत्यु भएकोमा एक जना ६६ वर्षका भुपू गोर्खा सैनिक थिए, अर्का ४० वर्षका व्यक्तिलाई उच्च रक्तचापको समस्या थियो।

    ‘अझैसम्म नेपालमा संक्रमण भेटिएकामध्ये कसैलाई पनि निमोनिया देखिएको छैन,’ डा.पाण्डेले भने, ‘संक्रमणपछिको मुख्य स्वास्थ्य जटिलता निमोनिया हुने गरेकाले हरेक प्रभावितको फोक्सोको जाँचमा विशेष ध्यान दिइएको छ।’

    ‘अझै तीन जना हामी कहाँ छन्, क्लिनिकल्ली उनीहरू राम्रो अवस्थामा छन्, कसैलाई ज्वरो आउने, कसैलाई नआउने तर सबै सुक्खा खोकीले सताइएका हुन्,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका कोरोना संक्रमित बिरामीको उपचार मा संलग्न एक चिकित्सकले भने, ‘साँझपख श्वासप्रश्वासमा समस्या छ तर स्थिति राम्रो छ।’

    बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत दुबईबाट फर्किएका एक ३४ वर्षीय पुरुषको आइतबार दिउँसो १२ बजे मृत्यु भएपछि चिकित्सकहरू थप चनाखो बनेका छन्। ज्वरो र खोकी सुरु भएपछि घरबाट आएर अस्पताल भर्ना भएका ती व्यक्तिको घाँटीको र्‍यालको नमूना आइतबारै काठमाडौं ल्याइसकिएको छ।

    ‘हामी ती व्यक्तिलाई भएका अन्य जटिल रोगबारे हिस्ट्री पनि संकलन गरिरहेका छौं’, डा.पाण्डेले भने, ‘र्‍यालको नमुनाको प्रयोगशाला परीक्षण परिणाम आएपछि कोभिड–१९ संक्रमण भए/नभएकोबारे थप स्पष्ट हुन सक्छ।’

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ को मुख्य लक्षण ज्वरो, थकाइ र सुक्खा खोकी रहेको जनाएको छ। यसका करिब ८० प्रतिशत बिरामी कुनै विशेष उपचारबिना आफैं निको हुन्छन्। संक्रमण भएका ६ जनामध्ये एक जना गम्भीर रुपमा बिरामी पर्छन्। उनीहरुलाई श्वासप्रश्वासमा समस्या हुन्छ।

    डव्लुएचओका अनुसार बुढापाका, उच्च रक्तचाप, मुटुको समस्या, मधुमेहलगायतका चिकित्सकीय समस्या भएकालाई कोभिड–१९ संक्रमणपछि गम्भीर रुपमा बिरामी हुने बढी सम्भावना हुन्छ। ज्वरो भएका, खोकी र सास फेर्न समस्या भएकाहरूलाई चिकित्सकीय स्याहार आवश्यक हुन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑