भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २६ पुग्यो, मुम्बईमा डाक्टरकै मृत्यु
वीरगंज संजाल
१६ चैत्र २०७६, आईतवार ०७:२६
६३४९
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । आज एकैदिन केरला, गुजरात, महराष्ट्र र तेलंगानामा ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या २६ पुगेको हो । त्यस्तै संक्रमति हुनेहरुको संख्या ९०० पुगेको दैनिक भाष्करले जनाएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा बढी मुम्बईमा ६ जनाको मृत्यु भएको जनाइएको छ ।
६ जनामध्ये एक जना चिकित्सकको समेत मृत्यु भएको छ । ८५ वर्षीय शल्यचिकित्सकको मृत्यु भएपछि अस्पतालनै शिल गरिएको जनाइएको छ । शनिबार गुजरात ४६ वर्षीय महिलाको मृत्यु भएको छ । त्यस्तै शनिबार तेलंगानामा संक्रमणबाट पहिलो मृत्यु भएको छ भने गुजरातमा मर्नेको संख्या ४ पुगेको छ ।
यस्तो छ भारतमा संक्रमणका कारण मर्नेका तालिकाः ९ देखि २२ मार्चमा २ जनाको मृत्यु (कर्नाटक र नयाँ दिल्ली ) १६ देखि २२ मार्च ५ जनाको मृत्यु (त्यसमध्ये महाराष्ट्रमा २ जना, अन्य ३ जना पञ्जाव, बिहार र गुजरात) २३ मार्चः पश्चिम बंगाल १, हिमाञ्चलमा १ २४ मार्चः महाराष्ट्रमा १ २५ मार्चः तमिलनाडु १, मध्यप्रदेश १ र गुजारत १ २६ मार्चः जम्मु काश्मिर १, महाराष्ट्र १, गुजरात १, राजस्थान २, कनार्टक १ र मध्यप्रदेश १ २७ मार्चः महाराष्ट्रमा १, कर्नाटकमा १ २८ मार्चः केरला १, गुजरात १, महाराष्ट्र १ र तेलंगाना १