• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगन्जकी किशोरी मुस्का खातुनलाई एसिड प्रहार गर्ने २ अभियुक्तमध्ये एकजना रिहा

  • वीरगंज संजाल
  • १५ चैत्र २०७६, शनिबार १६:५३
  • ५३६१

    वीरगन्ज | वीरगन्जकी किशोरी मुस्का खातुनलाई एसिड प्रहार गर्ने २ अभियुक्तमध्ये एकजना रिहा भएका छन् । वीरगन्ज बालसुधार गृहमा रहेका अभियुक्तद्वय वीरगन्ज २ छपकैयाका सम्साद मिया र मजिद आलममध्ये सम्साद रिहा भएका हुन् ।

    पर्सा जिल्ला अदालतको आदेशमा बैशाख १४ गते फेरि उपस्थित हुने गरी सम्साद शुक्रबार बालसुधार गृहबाट रिहा भएका हुन् । सर्वोच्च आदलतमा चैत ७ गते बसेको न्यायधिशको बैठकले बाल सुधारगृहमा रहेका बालबालिकालाई कोरोना संक्रमणको बेला उनीहरूको कैद सजाय स्थगन गरी अभिभावकको जिम्मा लगाउन सकिने निर्णय गरेको थियो ।

    सर्वोच्चको निर्णयमा कोरोना भाइरसको संक्रमणका बेला बाल सुधारगृहमा रहेका बालबालिकालाई खोजेको समयमा उपस्थित गराउन मिल्ने गरी अभिभावको जिम्मा लगाएर पठाउन सकिने उल्लेख छ । त्यही निर्णयबमोजिम सम्सादकी आमाले कोरोना संक्रमणका बेला आफ्नो नाबालक छोरालाई आफ्नो जिम्मा दिन माग गर्दै गत बुधबार अदालतमा निवेदन दिएकी थिइन् ।

    बिहिबार न्यायाधीश विष्णुप्रसाद अर्यालयको इजलासले वैशाख १४ गते अदालतमा उपस्थित गराउने गरी सम्सादलाई उनकी आमाको जिम्मा लगाउन आदेश दिएपछि उनी रिहा भएको पर्सा जिल्ला अदालतकी नायब सुब्बा वर्षा साहले जानकारी दिइन् । मुस्कानलाई एसिड छ्याप्ने अर्का अभियुक्त मजिद आलमका अभिभावकले पनि रिहाको माग गर्दै अदालतमा निवेदन दिएको भए पनि अदालते निवेदन खारेज गरिदिएको छ ।

    मजिदको उमेर १८ वर्ष पुगेकाले उनलाई छोड्न नमिल्ने भन्दै उनका अभिभावकले दिएको निवेदन खारेजको आदेश शुक्रबार भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

    वीरगन्ज ३ छपकैयाबाट वीरगन्ज ६ मा रहेको त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा पढ्न जाने क्रममा गत भदौ २० गते बिहान वीरगन्जको विर्ता स्थित गणेशमान चोकमा मुस्कान खातुनमाथि सम्साद र  मजिदले एसिड प्रहार गरेका थिए ।  एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानको अहिले पनि काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइहेको छ ।

    घटना लगत्तै पक्राउ परेका सम्साद र मजिद दुवैको त्यसबेला प्रहरीबाट पेश भएको मिसिलमा उमेर १८ वर्ष पुगेको प्रमाण नभएपछि कारागारमा नभइ बालसुधार गृहमा राख्न अदालतले आदेश दिएअनुसार दुवैलाई बालसुधार गृहमा राखिएको थियो ।

    मुस्कानका बुबा रसुल अन्सारीले भने छोरीमाथि एसिड छयाप्ने अभियुक्तलाई कोरोना संक्रमणको बहानामा रिहा गर्ने काम गलत भएको बताए । कोरोना महामारीको त्रास वीरगन्ज र नेपालमा मात्र नभइ विश्वभर नै रहेकाले यसकै बहानमा अपराधीलाई रिहा गर्नु जायज नभएको प्रतिक्रिया उनले दिए ।
    अहिले पनि छोरीको उपचार काठमाण्डौमै चलिरहेको भन्दै उनले भने ,‘ अपराधीलाई छाडेर सरकारले हामीमाथि नै अन्याय गरेको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने
  • जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव
  • काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण
  • गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    राष्ट्र बैङ्कद्वारा लचिलो कार्यदिशासहित मौद्रिक नीति सार्वजनिक

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    News

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    News

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    News

    गण्डक नहरमा भारतले यसपालि पनि दिएन सम्झौता अनुसारको पानी, किसानलाई रोपाइँमा समस्या

    News

    मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारको झारो टार्ने काम, समस्या समाधान गर्न छैन कुनै ठोस योजना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑