• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    सामान छुटाउन एजेन्ट नआएपछि ८६ कन्टेनर वीरगन्जमा अलपत्र

  • वीरगंज संजाल
  • १५ चैत्र २०७६, शनिबार १६:३७
  • ५००७

    वीरगन्ज |  सरकारले लकडाउन घोषणा गरेयता नेपालका लागि सामान लोड भएका करिब ८६ कन्टेनर वीरगञ्जमै अलपत्र छन्। आयातकर्ता र भन्सार एजेन्टले मालबाहक कन्टेनर पास नगराउँदा भन्सार यार्डमै अड्किएका हुन्।

    नोभेल कोरोना संक्रमणमा सरकारले लगाएको लकडाउनमा आपूर्ति सहज गर्न भन्सार कार्यालयले आयातकर्ता र एजेन्टका लागि छुट्टै पासको समेत व्यवस्था गरेको छ। तर, न्यून संख्यामा व्यक्तिले पास लिएको वीरगञ्ज प्रमुख भन्सार प्रशासक ढुन्डी निरौलाले जानकारी दिए।

    यार्डबाट मालसामान पास नभएपछि चैत १३ मा भन्सार कार्यालयले सूचना सार्वजनिक गर्दै अनुमति पास लिन आउन आह्वान गरेको थियो। तर, व्यवसायी तथा एजेन्टले मालसामान पास नगराएको उनले जानकारी दिए। प्रहरीले अवरोध गरेको गुनासो आएपछि भन्सारले उक्त सूचना जारी गरेको थियो।

    ‘हामीले बारम्बार सामान जाँचपाँस गराउन आह्वान गरपनि आयातकर्ता पास लिन आएका छैनन्। अहिले ८५र८६ कन्टेनर यार्डमै थन्किएको अवस्था छ’, उनले भने, ‘त्यसबाहेक विविध कारणबस लकडाउन अघिका कन्टेनर छन्।’

    मालवाहक कन्टेनर यार्डबाट प्रवेश नहुँदा नयाँ आउने मालवाहक कन्टेनर व्यवस्थापन गर्न स्थान अभाव भएको निरौलाले बताए। शुक्रबार उच्चस्तरीय समितिको बैठकले भन्सार व्यवस्थापन गर्ने निर्णय गरेपछि शनिबार १६ जना एजेन्टले पास लिएका छन्।

    हाल १९ वटा कम्पनीले मात्रै घोषणा गरेको भन्सार कार्यालयले जानकारी दिएको छ। कोरोना संक्रमणको त्रासका कारण श्रमिक सामान ओसार्न मानिरहेका छैनन्। श्रमिक अभावका कारण पनि व्यवसायीले सामान छुटाउन अप्ठेरो भइरहेको छ।  लक डाउनमा सामान ओसार्न नपाइने होकी भन्ने भ्रमका कारण पनि यस्तो समस्या देखिएको भन्सारका अधिकारी बताउँछन्।

    मुलुकको प्रमुख व्यापारिक नाकामा जाँचपाँसमा समस्या हुँदा आपूर्ति व्यवस्थामा ठूलो समस्या आउनसक्ने खतरा रहन्छ। 

    महावाणिज्यदूत भन्छन्, ‘भारतमा रोकावट छैन’
    भारतबाट नेपाल जाने सामानमा कुनै रोकावट नभएको भारतस्थित नेपाली महावाणिज्य दूतावासका नायब महावाणिज्य दूत तर्कराज भट्टले जानकारी दिए। उनका अनुसार भारतले बन्दरगाहको सेवालाई आवश्यक सेवाको सूचीमा राखेको छ।

    वीरगञ्जबाट मालवस्तु जाँचपास नहुँदा कन्टेनर लान नपाएको उनले जानकारी दिए। ‘भारतबाट निर्वाध सामान पठाउन कुनै समस्या छैन,’ उनले भने, ’तर वीरगञ्ज भन्सारमा आयातकर्ताले सामान पास गर्न नआउँदा यताबाट थप सामान जान समस्या आइरहेको छ।’

    समस्याको समाधानका लागि दूतावासबाट निरन्तर पत्राचार भइरहेको उनले जानकारी दिए। भारतले २१ दिने लकडाउन घोषणा गरेपनि मालवस्तु सामान पठाउन कुनै रोकावट नगरेको वीरगञ्ज भन्सार प्रमुख निरौलाले बताए। उनले भने, ‘निरन्तर भारतको भन्सार प्रशासन, बन्दरगाहक व्यवस्थापक र महावाणिज्य दूतावासमा सम्पर्क भइरहेको छ ’, उनले भने, ‘बन्दरगाहमा कुनै अवरोध भएको छैन। मात्र समस्या हाम्रै मुलुकका एजेन्टले सामान उठाइरहेका छैनन्।’

    दुई वर्षयता आधा दर्जन अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले सुक्खा बन्दरगाहमै कन्टेनर डेलिभरी दिन थालेपछि नेपाली आयातकर्ताले ठूलो राहत महसुस गरेका छन्। विगतमा सिपिङ लाइन कम्पनीले भारतको कोलकाता, हल्दिया तथा विशाखापट्टनम् बन्दरगाहसम्म मात्र नेपाली आयातकर्ताको कन्टेनरको डेलिभरी दिन्थे । त्यहाँ आफ्ना भन्सार एजेन्टमार्फत कन्टेनर छुटाएर नेपालसम्म ल्याउनुपर्दा नेपाली आयातकर्तालाई महँगो पर्ने र विलम्ब शुल्कबापत ठूलो रकम सिपिङ लाइन कम्पनीलाई बुझाउनु पथ्यो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑