• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    थप विवरण

    होमपेज / देश

    कोरोनाको कहर, सिक्ने सिकाउने अवसर

  • वीरगंज संजाल
  • १४ चैत्र २०७६, शुक्रबार १६:२५
  • ३२२३

    छिमेकी देश चीनबाट सुरु भएको कोरोना भाइरसको आतङ्कले अहिले युरोप र अमेरिकालगायत संसारलाई सताएको छ । विश्व प्रतिरक्षात्मक र यो भाइरस आक्रामक अवस्थामा रहेको यस विषम परिस्थितिमा नेपालले पनि गर्नुपरेको ‘लकडाउन’को कारण आ–आफ्नो घरभित्र बस्नुपर्ने अवस्था सिर्जना भएको छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयावह रहेको बताइरहँदा चैत ११ गतेदेखि चैत्र १८ सम्म नेपालमा पनि ‘लकडाउन’ सुरु भएको छ । तर स्थितिमा आशातित सुधार हुन नसकेमा यो लम्बिने प्रबल सम्भावना भएकोले आफ्नो कार्यतालिकामा परिवर्तन गरी आफू र आफ्ना बालबालिकालाई घरमै ज्ञान, सीप र सिर्जनात्मक काम सिक्न र सिकाउन सकिन्छ ।

     

    कोरोना भाइरसबाट सुरक्षित रहन सजग र सतर्क रहनु नै नेपाल र नेपालीका लागि सबैभन्दा उत्तम विकल्प हो । ‘लकडाउन’मा परिवारका सदस्यहरु एकै ठाउँमा रहने र प्रशस्त समय हुने भएकोले यो फुर्सदको समयमा अभिभावक तथा उनीहरुका बावुनानीहरुले गर्नुपर्ने तथा गर्नसक्ने केही कामहरुलाई छोटोमा यहाँ चर्चा गर्न खोजिएको छ । राम्रो र असल सोचे मानिस असल बन्छ, नराम्रो र खराब सोचे खराब बन्छ । त्यसैले संकटको यो घडीमा बालबालिका, घरपरिवार र समाजलाई स्वस्थ र तन्दुरुस्त राख्न तथा जीवनोपयोगी सीप सिक्न र सिकाउन यो समय धेरै उपयोगी हुन सक्छ ।

     

    नकारात्मक भावना हटाएर सकारात्मक सोचका साथ अगाडि बढ्न यो समय उपयोगी हुन सक्छ । Norman Vincent Peale ले भनेको भनाइ ‘Change your thoughts and you can change your world’ ले विचार, भावना र कल्पना अनि योजना असल भयो भने सबै प्रकारका समस्या, नकारात्मक अवस्था, विपत्ति र महामारीमा पनि सकरात्मक नतिजा निकाल्न सकिन्छ भन्ने बुझिन्छ । यो अवस्थामा घरपरिवारका सदस्य तथा विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासँगै कतिपय सीप विकास तथा शैक्षिक उपलब्धिका कामहरु सिकाउन सकिन्छ ।

     

    – कोरोनाबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक जानकारीमात्र बालबालिकासँग शेयर गर्ने ।
    – कोरोनाबारे उचित भिडिओ देखाउने र रेडियो समाचार हरेक बेलुकी सुनाउने ।
    – अनावश्यक हल्ला र गलत सूचना तथा अफवाहबाट अविचलित बनाउन सन्तुलित भूमिका निर्वाह गर्ने ।
    – स्वास्थ्यसम्बन्धी छलफल र व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
    – घरको फोहोर व्यवस्थापन र सरसफाइका लागि कार्य विभाजन गर्ने ।
    – घरका कामहरु सँगै गर्ने ।
    – वृद्धवृद्धाको स्याहारको लागि योजना बनाउने र त्यसमा बालबालिकालाई सहभागी गराउने ।
    – घरबाट निस्केर बाहिर भिडभाडमा जान नदिने ।
    – घरको रङ्गरोगन, छेस्किनी र चुकुल आदि मर्मत सम्भारको काम गर्ने ।
    – फुलबारी, बगैँचा, गमला र करेसाबारीको काम गर्ने ।
    – घरायसी काम मिलेर कुन दिन र कुन समयमा कसले गर्नेबारे निर्धारण गर्ने ।
    – बिहानदेखि बेलुकासम्मको दैनिक कार्ययोजना बनाउन लगाउने, सबैले देख्ने ठाउँमा टाँस्ने र त्यसको नियमित प्रयोग गर्ने गराउने ।
    – घरमा भएका पुस्तकहरु जम्मा गरेर सानो पुस्तकालय बनाउने ।
    – स्कुल र कलेज पढ्नेहरुले घरमा भएका पुस्तकहरु पढ्ने तालिका र पढेको वा सिकेको कुरा साटासाट गर्ने ।
    – कोरोना भाइरस के हो र यसबाट कसरी बच्ने भन्नेबारे सिक्ने, सिकाउने ।
    – माथिल्ला कक्षामा पढ्ने छोराछोरीले साना कक्षाका बालबालिकालाई सिकाउने, घुलमिल हुने वातावरण बनाउने
    – हरेक सदस्यका असल र खराब पक्षका बारेमा लिखित वा मौखिक सल्लाह लिने र दिने ।
    – अनुमानित वा सालाखाला वर्षभरि गर्ने र गर्न सकिने कामको सूची वा वार्षिक कार्ययोजना बनाउने ।
    – वार्षिक कार्ययोजना र कार्यक्रमहरुलाई समयबद्ध बनाउन लगाउने ।
    – वार्षिक रुपमा प्रयोग गर्न मिल्ने शैक्षिक सामग्रीको निर्माण र भण्डारण गर्न लगाउने ।
    – कम्प्युटर र ल्यापटपको प्रयोग गरी अनलाइन शिक्षा, आइसिटी र अन्य प्रोग्राम सिक्ने र सिकाउने ।
    – एन्ड्रोइड स्मार्ट फोन प्रयोग गरी शब्द भण्डार, व्याकरण र साहित्य सिक्ने सिकाउने ।
    – कमजोर विषयमा टेलिकन्फरेन्स, इमेल र फोनका माध्यमबाट बालबालिकालाई सबल र सक्षम बनाउने ।
    – शिक्षामा विज्ञान र प्रविधिको प्रयोगबारे घरायसी कार्यशाला चलाउने ।
    – घरायसी काममा मनोरञ्जन र प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने
    – खेर गएका वस्तु र खेर जाने वस्तुहरुको प्रयोगबाट पुनः प्रयोगको लागि सीप सिक्ने र सिकाउने ।
    – शिक्षाका सफ्टवेयरहरु सिक्ने सिकाउने र त्यसमा समय व्यवस्थापन गर्ने ।
    – सिकाइ सुधारका लागि व्यक्तिगत योजना बनाउने ।
    – पुराना प्रश्नहरु सङ्कलन गर्ने र समाधान गर्ने ।
    – नेपालका भाषा, संस्कार, संस्कृति, पहिचान र इतिहासबारे जानकारी लिने दिने ।
    – सामाजिक सम्बन्ध, भातृत्व, नैतिकता र आचारणबारे शिक्षा लिने दिने ।
    – विद्यार्थीका लागि सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोगबाट कक्षा सञ्चालन गर्ने
    – बालबालिकाको ज्ञान र शिक्षा प्राप्त गर्ने अवसरलाई विस्तार गर्ने ।
    – खाना बनाउने, घरसफाइ गर्ने र लुगा धुने काममा सहभागी गर्ने गराउने ।
    – अनलाइन, अफलाइन तथा भर्चुअल कक्षा र बाबुआमाको प्रत्यक्ष निगरानीमा सामाजिक सञ्जालमा कक्षा सञ्चालन र व्यवस्थापन गर्ने ।
    – कार्यमूलक अनुसन्धान, परियोजना कार्य र घटना अध्ययनजस्ता क्रियाकलापमा बालबालिकालाई संलग्न गराउने ।
    – घरभित्र खेलिने खेल खेल्ने, खेलाउने र मनोरञ्जनको अवसर लिने दिने ।
    – अभिभावकहरुले पढेमा मात्रै बालबालिकाले पढ्ने भएकाले पुरानै भए पनि पत्रपत्रिका र कथाका पुस्तकहरु पढ्ने ।
    – दिनभरि आफूले गरेका घरायसी र शैक्षिक कामको विवरण टिप्ने र परिवारमा प्रस्तुत गर्ने ।
    – आउँदो सत्रमा हुने पढाइबारे अनलाइन, अफलाइन तथा सर्च इन्जिनहरुबाट खोजेर नोट बनाउने ।
    – छोराछोरीलाई आवश्यकताका आधारमा साथीको समूहमा पठनपाठनका विषयमा भिडिओ च्याट गराउने ।
    – बालबालिकालाई खेलकुद, गीत, सङ्गीत, टेलिसिरियल, चलचित्र, भिडिओ हेर्न टेलिभिजनको समय बनाउने ।
    – बिहान उठ्नेदेखि राति सुत्नेसम्मको दैनिक कार्यतालिका बिग्रेमा बेला बेलामा सम्झाउने ।
    – समयमा खाजा र खाना खाने ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको नृसिंह माविमा १२ कोठे भवनको शिलन्याश
  • लोसपा र लोक दलबीच पार्टी एकता हुँदै
  • पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए
  • वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको नृसिंह माविमा १२ कोठे भवनको शिलन्याश

    लोसपा र लोक दलबीच पार्टी एकता हुँदै

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए

    वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए

    छिमेकी मुलुक भारतको दार्जीलिङसँग सीमा जोडिएका नेपालका नाका सिल

    सरकारद्वारा पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाउने निर्णय

    निर्वाचन आयोगले तोक्यो प्रतिनिधिसभा निर्वाचन हुने मिति

    वीरगन्जको नृसिंह माविमा १२ कोठे भवनको शिलन्याश

    लोसपा र लोक दलबीच पार्टी एकता हुँदै

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जको नृसिंह माविमा १२ कोठे भवनको शिलन्याश

    News

    लोसपा र लोक दलबीच पार्टी एकता हुँदै

    News

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    News

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    News

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑