विरगंजमा कन्टेनरमा ५२ जनालाई लेजादै गरेको अवस्थामा पक्राउ
वीरगंज संजाल
१२ चैत्र २०७६, बुधबार ०८:३८
१३०४१
विरगंज | भरतपुर चितवन बाट नुकाइ छिपाइ माल बाह्क गडिमा मानिस राखी लाउदै गरे को ना ।५ ख ९५५२ नम्बर को कन्टेन्र विरगंजको घन्टाघर क्षेत्र बाट घण्टाघर पुलिस चोकी को सकृयतामा नियन्त्रन मा लिएको छ न ।
कन्टेनरमा ५२ जना नेपाली रहेका छन । एक जना सँग २०० सयको दरले भाडा असुल्णे गरी ड्राइभेरले विरगंज लयएको हो । कन्टेन्र मा पर्सा बारा को गरामिन क्षेत्र मा घर भाई भरतपुर मा काम गर्दै आएका बयक्ती हरु रहेका छ्न | विरगंज सन्जालका रेपोटर मायांक गुप्ताले जनाउनु भएको छ ।
थप
कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण गर्र्न लक डाउनको दोस्रो दिन आज विहानै देखि वीरगंजको अवस्था सुनसान छ । लक डाउन उल्लंघन गर्दै चितवनबाट आएको कन्टेनरमा लुकेका ५३ जना ब्यक्तिहरुलाई पनि आज पर्सा प्रहरीले कन्टेनर सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । कन्टेनरमा लुकेका ५३ जना मध्ये ५० जना पर्सा जिल्लाका रहेका छन भने ३ जना बारा जिल्लाका रहेको छ ।
कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण गर्र्न हिजोदेखि लागू गरेको लकडाउन उल्घन गरेको भन्दै हिजो मंगलवार बीरगन्जमा १०० वटा मोटरसाइकल र ३०० जनालाई ब्यक्तिलाई प्रहरीले पक्राउ गरी पाचसय जरिवाना गरेर रिहा गरेको छ । नेपाल सरकारले चैत १८ गतेसम्म लकडाउन घोषना गरेर कोभिन(१९) लाई रोकथाम गर्ने प्रयास गरेको छ । लकडाउनमा अति आवश्यक स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत मात्र खुल्ला गरिएको जनाएको छ । तर वीरगंज महानगरपालिका लगायत केही स्थानमा लकडाउन उल्लंघन गरेका थिए ।
लकडाउनको अवस्थामा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनका लागि गरिएको अपिलको उल्लंघन गरेर काम नभएका मानिसहरु पनि घुमफिर गर्न थालेपछि प्रहरीले कडाइ गनथालेको छ । यता नेपाली सेनाले समेत आजबाट निगरानी बढाएको छ । बीरगंज ब्यारेक अगाडि रहेको तरकारी पसलहरुमा मानिसहरुको आवात जावत बढी भएकोले पसलहरु बन्द गराएको छ ।