• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    स्पेनमा वृद्धवृद्धाका बेवारिसे शवहरु फेला

  • वीरगंज संजाल
  • १२ चैत्र २०७६, बुधबार ०७:५७
  • ६१९७

    मड्रिड । नोभेल कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाइरहेको छ भने युरोपका इटाली र स्पेनमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ । स्पेनमा कोरोना भाइरसविरुद्ध लड्न सेनासमेत परिचालन गरिएको छ । सेनाले विभिन्‍न केयर सेन्टरहरुमा संक्रमित वृद्धवृद्धाहरु बेवारिसे अवस्थामा छोडेको र कतिपय अवस्थामा बेडमै मृत फेला पारेको छ ।

    स्पेनी रक्षा मन्त्री मार्गरिटा रोबल्सले सोमबार विभिन्‍न आराम कक्ष तथा केयर सेन्टरहरुलाई स्यानिटाइज् (संक्रमणरहित बनाउन सरसफाइ गर्ने)  सेना परिचालन गरिएकोमा वृद्धवृद्धाका बेवारिसे शवहरु भेटाएको बताएका छन् । उनले मंगलबार केही वृद्धवृद्धाहरुलाई संक्रमित अवस्थामै छोडिएको र केहीको बेडमै मृत्यु भएको पाइएको बताएका हुन् ।

    स्पेनी अभियोजकर्ताहरुले त्यसरी बेवारिसे वृद्धवृद्धाहरुलाई छोड्नेहरुलाई लापरबाही गरेको आरोपमा कारबाही गर्ने विषयमा निर्णय गर्नेछन् । उनीहरुले यस विषयमा अनुसन्धान थालेका छन् । कोरोना भाइरसको संक्रमण इटालीभन्दा पनि तीव्र रुपमा फैलिरहेको तथ्यांकहरु सार्वजनिक भइरहेका बेला अनुसन्धान थालिएको हो ।

    कोरोना भाइरसको संक्रमण चीन, इटालीपछि स्पेनमा तीव्र रुपमा फैलिरहेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या करिब ४० हजार पुगेको छ । मंगलबारसम्म कोरोनाबाट स्पेनमा करिब २७ सयको मृत्यु भएको छ । मंगलबार स्पेन सरकारले अहिलेसम्मको उच्च मृत्यु भएको बताएको थियो । जसअनुसार २४ घण्टाको अवधिमा ५१४ जनाको मृत्यु भएको थियो । जुन अघिल्लो दिनको भन्दा १९ प्रतिशतले वृद्धि हो ।

    स्पेनी टेलिभिज टेलिसिनकोसँगको अन्तर्वार्ताका क्रममा रक्षामन्त्री रोबल्सले भने, “यसरी ती घरहरुमा वृद्ववृद्धालाई त्यसरी छोड्नेविरुद्ध कठोर कारबाही गरिन्छ ।”

    “सेनाले विभिन्‍न ठाउँहरुमा संक्रमित अवस्थाका वृद्धवृद्धाहरु र कतिपय ठाउँहरुमा उनीहरुकै बेडमा मृत अवस्थामा फेला पारेको थियो,” उनले थपे ।

    स्पेनी सेना र नेभीलाई रिटायरमेन्ट घरहरुलाई संक्रमण निर्मुलीकरण गर्न आग्रह गरिएको छ । त्यसक्रममा देशभरका विभिन्‍न ठाउँहरुमा दर्जनौं वृद्वृद्धाहरु मृत अवस्थामा फेला परेका हुन् ।

    मड्रिडस्थित शवगृहहरु भरिएर अधिकारीहरुले थप शवहरुलाई आइस रिंकमा राख्‍न दबाब दिइएको छ । “जब मैले रक्षामन्त्रीबाट यस्तो समाचार सुने, म निकै डराएको थिए,” संघीय आवासीय गृह कम्पनीका प्रमुख इगानिको फर्नान्डेज-सिडले अलजजिरसँग भने ।

    “दाहसंस्कार लागि निकै भिडभाड भएको हामीलाई बताइएको थियो । जसका कारण उनीहरु आएर शव उठाउन नसकेको हुनसक्छ । त्यसकारण उनीहरुले संक्रमणको तीव्रतालाई कम गर्न शव यतिकै उनीहरुको बेडमै छोडेको हुनसक्छ,” उनले भने ।

     लुइस सिओनका ८९ वर्षीय बुबा कोरोना संक्रमणका कारण मड्रिडस्थित अस्पतालमा छन् । उनका बुबा मोन्टे हेर्मोसो आवासगृहमा बस्थे । जहाँ गत साता अन्य २० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

    “मेरो बुबा जुनसुकै समयमा पनि मर्न सक्नुहुन्थ्यो । उहाँ निकै कमजोर हुनुभएको थियो । उहाँ बसेको गृहमा धेरै मानिसहरु संक्रमणकै कारण मृत्यु भएको थियो । उनीहरुले शव यतिकै छोडेकोमा मलाई खासै आश्‍चार्य लागेन । किनकी यो स्थिति नियन्त्रण बाहिर छ,” लुइसले भने ।

    स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर इलाले आवासगृहहरु सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । उनले भने, “हामीले यस्ता आवासगृहमा विशेष निगरानी गर्ने व्यवस्था मिलाएका छौं ।”

    सरकारी कोरोना भाइरस निर्देशनअनुसार स्वास्थ्यकर्मीहरुलाई चिकित्सक नआउन्जेसम्म शव त्यही छोड्न भनिएको छ । यद्पि अधिकांश अस्पतालहरुमा संक्रमितको संख्या बढेसँगै शव व्यवस्थापनमा अझै केही समय लाग्‍नेछ ।

    स्पेनको इपिडिमियोलोजीका अधिकारका अनुसार पछिल्ला तीन दिनमा संक्रमितको संख्या दोब्बर भएको छ ।

    इटालीमा ८० प्रतिशत संक्रमितहरु तीन राज्यहरु लोमबार्डी, भेनेटो र इमिलिया-रोमाग्‍नामा देखिएका छन् भने स्पेनमा पनि तीन क्षेत्रहरु कोरोनाबाट बढी प्रभावित भएका छन् । जसमा राजधानी मड्रिड, ला रिओजा र बास्की रहेका छन् । – अलजजिरा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑