आइसोलेसनमा राखिएका वीरगञ्जका युवाकाे मृत्युको कारण ‘कोरोना नभएकाे पुष्टि
वीरगंज संजाल
११ चैत्र २०७६, मंगलवार १६:३७
४०९३
काठमाण्डौ |दिपक चौरसिया| चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण ‘कोरोना नभएकाे पुष्टि भएकाे छ ।
टेकु प्रयोगशालाले दिएको जानकारी अनुसार वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज हो ।
यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो ।
पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ९ बजे ज्यान गएको कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवलाई आइसोलेसनमा राखिएको थियो ।