मङ्गलबारदेखि देश ‘लकडाउन’, मान्छे घरभित्रै बस्नुपर्ने, जहाज पनि नचल्ने
वीरगंज संजाल
१० चैत्र २०७६, सोमबार २०:१७
३१०७
काठमाडौं । सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको अर्थ तथा सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले सोमबार जानकारी दिएका हुन् ।
चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म सम्पूर्ण देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।उक्त समयभित्र कसैलाई पनि घरबाट बाहिर निस्कन दिइनेछैन ।
अत्यावश्यक काममा बाहेक कोही पनि बाहिर निस्कन नपाउने र यातायातका सम्पूर्ण साधनहरु पनि बन्द रहने मन्त्री खतिवडाले बताए ।
आन्तरिक उडानहरु समेत बन्द रहने छन् । अत्यावश्यक सेवाका आवश्यक कर्मचारी मात्रै कार्यालय उपस्थित हुनुपर्ने र बाँकीलाई बिदा दिइने उनले बताए