शिवकुमार रुंगटालाई कोरोना लागेको भनेर प्रशासन र पत्रकारलाई कस्ले मिसगाइड गर्यो ?
वीरगंज संजाल
१० चैत्र २०७६, सोमबार ११:१०
७३५५
काठमाडौं । वीरगंजका एक व्यवसायीलाई कोरोना संक्रमण भएको खवर आइतबार साँझ फैलियो । स्थानिय मिडिया हुँदै राष्ट्रय तथा भारतीय मिडियाहरुमा समेत समाचार सार्वजनिक भएपछि सबैको ध्यानआकृष्ट भयो । भारत बिहारको पटना मेडिकल कलेज अस्पतालमा करिब एक हप्तादेखि उपचाररत व्यवसायी शिवकुमार रुंगटामा कोरोना संक्रमण भएको खवरले सबैमा त्रास बढ्यो ।
स्थानीय प्रहरी प्रशासनले पनि रुंगटालाई संक्रमण भएको खवर आएको पुष्टि गरे । तत्कालै पर्सा प्रहरीले उनको परिवारलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह पनि गर्यो । वीरगंज महानगरपालिकाको आकास्मिक बैठक नै बस्ययतिबेलासम्म विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नेपाल भित्रियो भनेर सामाजिक सञ्जालका भित्ताहरु भरिसकेका थिए । तर त्यसको केही घण्टापछि रुंगटालाई कोरोना संक्रमण नभएको रिपोर्ट सार्वजनिक भयो । उनको नमूना परीक्षणको रिपोर्टमा नेगेटिभ आयो ।
त्यसपछि मिडियाले गलत समाचार सार्वजनिक गरेको भन्दै आलोचना सुरु हुन थाल्यो । हजारौंको ज्यान लिइसकेको कोरोना भाइरस जस्तो गम्भिर रोगलाई मिडियाले हल्का रुपमा लिएर अफ्वा फैलाउने काम गरेको भनेर आलोचना भइरहेको छ ।
मिडिया कसरी दोषी ?
पीएमसीएच अस्पतालमा उपचाररत शिवकुमार रुंगटा (दाजु) सँगै पटनामा रहेका सुरेश रुंगटाले स्थानीय प्रशासनमा फोन गरे । उनले आफ्नो दाजुको कोरोना संक्रमणको आशंकमा गरिएको नमूना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताए ।सञ्चारकर्मिसँगको संवादमा पनि उनले पटना ल्यावमा गराएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जानकारी गराए ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले वीरगंजका एक व्यवसायी शिवकुमार रुंगटालाई कोरोना संक्रमण भएको पुष्टि भएको खवर प्राप्त भएको स्ट्याटस फेसबुकमा लेखे । संक्रमित भनिएका रुंगटाका भाईसँगको संवाद, प्रहरी प्रशासनसँगको जानकारी र सांसद यादवको फेसबुक स्ट्याटसलाई कोड गर्दै सबैजसो मिडियाले सामाचार सार्वजनिक गरे । तर केही समय पछि उनले स्ट्याटस डिलिट गरे ।
वीरगंजका एक पत्रकार र सुरेश रुंगटा (भाइ)बीचको संवाद
पत्रकार– सरी फर डिस्टर्बींंंङ ! तपाइहरु त पहिला देखि नै एकदम तनावमा हुनुहुन्छ ।
सुरेश रुंगटा– एकदम हो भन्नुन ।
पत्रकार– ५ बजेर ३६ मिनेट रिपोर्टको टाईम लेखिएक छ ?
सुरेश रुंगटा– हँ…हामीहरुलाई राती १० बजे पाउछौं पूणे हस्पिटलबाट ।