काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्व नै अहिले झेलिरहेको छ । अहिलेसम्म कोरोनाका कारण ारा विश्वभरमा १३ हजार ७१ जनाको मृत्यु भएको छ भने, ३ लाख भन्दा धेरै संक्रमित छन् ।त्यस्तै १८६ देशहरुमा कोरोनाको संक्रमण फैलिइसकेको छ । कोरोनाका संक्रमितहरु ११ देशमा मात्रै पाइएका छैनन् । संयुक्त राष्ट्रसंघका अनुसार संसारभरमा १९७ वटा देशहरु रहेका छन् ।
ति मध्ये १८६ देशमा कोरोनाको संक्रमण देखा परिसकेको छ । वर्ल्र्ड मेटर्स डट इन्फोका अनुसार कोरोना भाइरस १८६ वटा देशमा फैलिइसकेको छ ।अब मात्र ११ वटा देशहरु नै कोरोना संक्रमित नपाइने देशहरुमा छद्धन् । पलाउ, तुवालु, वानुआतु, तिमोर लेस्टे, सोलोमन आईल्याण्ड, सिएरा-लियोनी, सामोआ, सेन्ट विन्सेट एण्ड ग्रेनाडिनीज, स्यान्ट किटिस, नविसमा कोरोनाका कोहि पनि संक्रमण देखा परेका छैनन् ।केहि देशहरु यस्ता पनि छन् जहाँ कोरोनाको असर एकदमै कम रहेको छ । फिजी, गाम्ब्यिा, निकारगुआ, कंगो, नेपाल र भूटान रहेका छन् ।