एजेन्सी। कोरोना भाइरसको संक्रमण फैलन नदिन जर्मनीले कडा कदम चालेको छ । उसले दुई भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ । मानिसहरुलाई घरमै बस्न भनिएको छ ।जर्मनीकी चान्सलर एन्जेला मार्केल क्वारेन्टाइनमा बसेकी छिन् । उनलाई भेट्ने चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि क्वारेन्टाइनमा बसेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । उनले घरबाटै काम गर्नेछिन् ।
६५ वर्षीय मार्केललाई संक्रमण हुनसक्ने भन्दै क्वारेन्टाइनमा बस्न चिकित्सकले सल्लाह दिएको उल्लेख छ ।जर्मनी कोरोना भाइरसको संक्रमण बढी फैलिएको देशहरुमध्ये पाचौं नम्बरमा रहेको छ । जर्मनीमा झण्डै २५ हजार मानिस संक्रमित भइसकेका छन् ।–File Photo: Agency