युवा नेता सरार्फ द्वरादलित बस्तिका बासिन्दालाई कोरोनाबारे सचेत गराउँदै मास्क वितरण
वीरगंज संजाल
८ चैत्र २०७६, शनिबार २३:३४
५०४७
वीरगञ्ज | वीरगञ्ज महानगरपालिका वडा न. १६ नगवाको दलित बस्तिका बासिन्दालाई कोरोना भाइरसको बारेमा सचेत गराइएको छ । राष्ट्रिय जनता पार्टी नेपाल वीरगञ्ज महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफले आज सो दलित बस्तिका बासिन्दालाई निशुल्क मास्क बितरण गर्नुका साथै सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।
नगवाको दलित बस्तिमा शुरु गरिएको मास्क वितरण तथा सचेतना कार्यक्रमलाई ग्रामिण क्षेत्रमा पनि निरन्तरता दिइने भिजिट मधेशका राष्ट्रिय संयोजक समेत रहनुभएका सर्राफले बताउनुभयो । सरकारले २५ जना भन्दा बढीलाई एकै ठाउँमा भेला नहुन निर्देशन जारी गरेपछि सर्राफ नेतृत्वको टोलि सबै स्थानियको घर घरमा पुगेर मास्क वितरणका साथै कोरोनाभाइरसबाट जोगिन अपनाउनुपर्ने सावधानी तथा पुर्व तयारीको बारेमा जानकारी गराइएको किसन सर्राफले बताउनुभयो ।
युवा नेता सन्ज्य पटेल, रन्जित पटेल, मुकेश पण्डित लगायतको टोलिले स्थानियलाई सजग अपनाएर नियमित कामकारवाही गर्न र अत्यआवश्यक काम बाहेक घर बाहिर ननिस्किन पनि आग्रह गरेको थियो ।