जिल्ला प्रशासन कार्यालयमा आज बृक्षारोपण तथा सरफाई ।
वीरगंज संजाल
८ चैत्र २०७६, शनिबार २२:५४
४४५१
बीरगंज ।राजेन्द्र सिंह राज्पुत | पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले आफ्नो व्यक्तिगत सफाईबाट नै कुनै पनि रोगको प्रकोप नियन्त्रण हुन सक्ने बताएका छन । प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंह संगै आफ्नै कार्यालय परिसरमा बृक्षारोपण साथै सरफाई समारोहमा संक्षीप्त प्रतिक्रिया दिदै उनले कार्यालय भित्र देखिएको फोहोर बारे आफ्नो ध्यानाकर्षण भएकोले आफ्नो जनशक्ति परिचालन गरि थप सरफाई एवम् व्यवस्थीत गर्ने बताउनु भयो । नोवेल कोरोना भाईरसको प्रकोपबाट बच्न सबैले आ आफ्नो स्थान तथा व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
सरफाई कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले कुनै पनि सरसफाई आप्mनै घरबाट सुरु हुने भएकोले जिल्ला प्रशासन कार्यालय पर्साबासीको घर भएकोले सामानय सरसफाई गरि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेको बताए । प्रतिकृया स्वरुप प्र.जि.अले यस कार्यलाई सकारात्मक तरिवले लिएकोले आफु सहित सबै समुह उत्साहित रहेको प्रतिष्ठानका अध्यक्ष सिंहले बताए । उनले बिगत एक दशक देखि पर्यावरण तथा प्रकृति संग सम्बन्धी कार्य गरिरहेकोले आउने दिन बिभिन्न संस्था संग सहकार्य गरि कार्यको निरन्तरता दिने बताए ।
सरफाई कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठानका सचिव अभिनाष झा, लालबाबु सिंह, पब्लिक एफ.एमका संचालक राजेन्द्र सिंह, शम्भु महतो थारु, कार्यक्रम संचालक अजय केशरी, संजय दास थारु, श्याम सरार्फ, राकेश सिंह, मुकेश सिंह लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको पनि सहभागिता रहेको थियो ।