राति १२ बजे हेलिकोप्टरबाट कुनै औषधि छरीदैन, याे अफवाह हो : नेपाली सेना
वीरगंज संजाल
८ चैत्र २०७६, शनिबार २०:३२
५६९३
विरगंज | विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) बारे फेरी अर्काे अफवाह फैलिएको छ । सरकारले विशेष सैनिक हेलिकोप्टरमार्फत राति १२ बजेपछि कोरोना भाइरसको विषादी छर्ने भन्दै फेसबूक लगायत सामाजिक सञ्जालमा एउटा अडियो भाइरल भइरहेको छ ।नेपाली सेनाका प्रवक्ता सहयाक रथी विज्ञानदेव पाण्डेले हेलिकोप्टरमार्फत कोरोनाविरुद्धको औषधि छर्ने कुरा हल्ला मात्रै भएको बताए ।‘सेनाले कुनै त्यस्तो तयारी गरेको छैन, उनले भने, ‘यो सबै अफवाह मात्रै हो, यस्तो हल्ला फैलाउनेलाई कानूनी दायरामा ल्याउनु पर्छ ।’यसअघि आज (शनिबार) मात्रै नेपालमा कोरोना भित्रिएको र एक जनाको मृत्यु र ८ जना संक्रमित भएको भन्दै भ्रम फैलाउनेलाई प्रहरीले पक्राउ गरिसकेको छ । नेपालमा कोरोनाको जोखिम बढ्दै जाँदा थप सतर्कता अपनाउनु पर्नेबेला केही गलत व्यक्तिहरुले सामाजिक सञ्जालको दुरुपयोग गर्दे भ्रम फैलाउने गरेको पाइएको छ ।यद्यपी कोरोनाबारे भ्रम फैलाउनेलाई सरकारले कडा कारवाही गर्ने बताइसकेको छ ।