ठोरी | ठोरी गाउँपालिका वडा नं १ सरस्वती चोकमा रहेको जनसेवा क्लिनिकद्वारा स्वास्थ्य चेकजाँच गर्न आउने रुघाखोकी र ज्वरोका विरामीहरुलाई स्वास्थ्य परामर्श सहित सर्जिकल माक्स नि: शुल्क उपलब्ध गराइएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट “बचौ र बचाऔं “भन्ने भावनाबाट प्रेरित भइ माक्स वितरण गर्ने गरिएको जनसेवा क्लिनिकका स्वास्थ्यकर्मी दिपेन्द्र कार्कीले जानकारी दिए।
कोभिड -१९ ले विश्वमा नै आतंक मच्चाइ रहेको हुँदा यसबाट बच्ने उपाएको बारेमा समेत बिरामीहरुलाई सचेत गराइएको स्वास्थ्यकर्मी कार्कीले जानकारी दिए । यसको संक्रमणबाट बच्नकालागि साबुन पानेले पटक पटक हात धुनुपर्ने, माक्सको प्रयोग गर्नुपर्ने ,भिडभाडमा नजाने ,खानेकुरा पकाउँदा र खाँदा विशेष सतर्कता अपनाउनु पर्ने जस्ता कुराहरु स्वास्थ्यकर्मी कार्कीले बताउदै आइरहेका छन्।