ठोरीका आगलागी पीडित परिवारलाई दलित विकास केन्द्र ठोरीको सहयोग
वीरगंज संजाल
८ चैत्र २०७६, शनिबार १२:१८
३६०१
ठोरी | शुक्रवार आगलागीबाट पीडित ठोरीका स्थानीयहरुलाई दलित विकास केन्द्र ठोरीले आज राहत स्वरूप खाद्यान्न सामग्री बितरण गरेको छ।आगलागीबाट पीडित स्थानीय दलितहरुलाई तत्काल राहत पुर्याउन चामल,दाल,तेल,नुन ,चिउरा लगायतका सामाग्री वितरण गरिएको दलित विकास केन्द्र ठोरीका संयोजक गगन सुनारले जानकारी दिनुभयो ।उहाँले आगलागीका कारण बिचल्ली परिवारलाई सहयोग गर्न समेत सबै स्थानीय जनप्रतिनिधि ,सामाजिक अगुवा संघसस्थाका प्रतिनिधि लगायतलाई पनि अनुरोध गर्नुभएको छ।सहयोगका लागी मोबाईल न.९८४५६५०५८८ मा सम्पर्क गर्न सकिने पनि संयोजक सुनारले बताउनुभयो ।
शनिबारको आगलागीका कारण स्थानीय ५ घर दलित परिवारको बिचल्ली नै भएकोले तत्काल मानवीय सहायताका लागी राहत बितरण गरिएको संयोजक सुनारले बताउनुभयो ।संयोजक सुनारको सभापतित्व एवम् ठोरी १ का वडाध्यक्ष राम प्रकाश कुवरको प्रमुख आतिथ्यतामा सम्पन्न राहत बितरण कार्यक्रममा बिशिस्ट अतिथि नेकपा नेता हरि सुनार लगायत स्थानीय अगुवाहरूको उपस्थिति थियो।सो अवसरमा आगलागीबाट पीडित परिवारलाई ५ बोरा चामल,५ लिटर तेल,१० किलोग्राम दाल,नुन,चिउरा,चाउचाउ लगायतको खाद्य सामग्री बितरण गरिएको थियो।
ठोरी गाउँपालिका – १ भगवान नगर टाँडीमा हिजो दिउँसो लागेको आगलागीबाट पाँच ओटा घर जलेरनष्ट भएको ।सिङ्गे पर्वतमा रहेको भ्यु टावरतिरबाट आएको थियो ।आगोले स्थानीय तेज बहादुर परियार, भरत परियार ,चेत बहादुर परियार ,कृष्ण परियार र किशोर परियारको घर जलेर नष्ट भएको हो। एकै लहरमा रहेको पाँच घर मध्ये सुरुमा तेज बहादुर परियारको घरमा आगजनी सुरु भएको र क्रमशः सबै घर आगोले ध्वस्त बनाएको छ।आगजनीले मानवीय क्षति नभएतापनि घरमा रहेको अन्नपात , लत्ताकपडा लगायत पुर्ण रुपमा नष्ट भएको स्थानीय शिक्षक चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो ।